Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

श्रोत नखुलेको ३८ लाख नेपाली रुपैयाँसहित एक युवक पक्राउ

श्रोत नखुलेको ३८ लाख नेपाली रुपैयाँसहित एक युवक पक्राउ

  • पौष २२, २०७८ बिहिवार १८:४८ बजे
  • 394
    SHARES
  • श्रोत नखुलेको ३८ लाख नेपाली रुपैयाँसहित एक युवक पक्राउ

    जनकपुरधाम । सशस्त्र प्रहरीले श्रोत नखुलेको ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । बिहीबार दिउँसो १ बजे धनुषाको नगराइन नगरपालिका–२ सीमावर्ती क्षेत्रमा लक्ष्मीनियाँ गाउँपालिका–१ बस्ने २३ वर्षीय अमितकुमार यादवलाई ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।

    प्रदेश २,०२,०० १ प ०४८०८ नम्बरको अपाचे मोटरसाइकलको ट्यांकी भित्र लुकाएर ल्याउँदै गरेको नगद रकम विशेष सुराकीको आधारमा नियन्त्रणमा लिएको प्रदेश २ का प्रमुख डीआइजी गणेश ठाडाले जानकारी दिए ।

    पक्राउ परेका यादवलाई नियन्त्रणमा लिई घटना अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij