Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

तेह्रथुममा हेलिकोप्टर चार्टर गरी लिम्बुको विवाह

तेह्रथुममा हेलिकोप्टर चार्टर गरी लिम्बुको विवाह

  • पौष २२, २०७८ बिहिवार १९:१६ बजे
  • 598
    SHARES
  • तेह्रथुममा हेलिकोप्टर चार्टर गरी लिम्बुको विवाह

    तेह्रथुम । गाउँमा विवाह हुँदा बस, ट्याक्सी तथा साना गाडी रिजर्भ गर्नु सामान्य नै बन्न थालेको छ । तर, सामान्य नागरिकले हेलिकोप्टर चार्टर गरेर विवाह गरेको सायद कमै मात्र सुन्न सकिन्छ ।

    images

    विवाह खर्च जुटाउन नै निकै सकस हुन्छ गाउँका सामान्य नागरिकलाई । छथर गाउँपालिका-२ हमरजुङ खैरेनीका २९ वर्षका सविन लिम्बुले विवाहमा हेलिकप्टर नै चार्टर गरी बेहुली भित्र्याएका छन् । 

    बुवा झप्टबहादुर लिम्बु र आमा दिलकुमारी लिम्बुले छोरा सविनले काठमाडौं थानकोट निवासी राजु सेर्पा र कल्पना क्षेत्रीकी छोरी २५ वर्षीया सिम्रन सेर्पासँग हेलिकोप्टर चार्टर गरेर विवाह गरेका छन् ।

    गाउँको कुनामा हेलिकप्टरबाट बुहारी भित्र्याउन पाउँदा गर्व लागेको बेहुलाका बुवा झप्टहादुरले बताए । ‘मैले कल्पनासम्म गरेको थिएन आफ्नो बुहारी हेलिकप्टरबाट भित्र्याउँछु भनेर । तर, आज मेरो जेठा छोरा र जेठी बुहारी यो गाउँमा हेलिकप्टरमार्फत भित्र्याउन पाउँदा जीवनकै खुसी भएकोछु,’ उनले भने । 

    २ लाख ७० हजार खर्च गरी बेहुली भित्र्याएका सविनले भने, ‘सानैदेखि मेरो गाउँमा फरक र ऐतिहासिक ढंगले विवाह गर्ने सोच थियो । आज पुरा भएको छ । मैले कसैलाई देखाउनका लागी हेलिकप्टर चार्टर गरेको हैन ।’ बेहुली सम्पन्न परिवारकी र बेहुला सामान्य परिवारका रहेका छन् ।

    गाउँका सामान्य नागरिकले हेलिकप्टर चार्टर गरेर विवाह गर्नु चानचुने कुरा नभएको स्थानीय मनबहादुर खड्काले बताए । ‘योजना बनाउने हो र चाहने हो भने असम्भव नहुने रहेनछ । खर्च जहाँबाट जुटाए पनि जुटाउन सकिँदो रहेछ,’ उनले भने । 

  • सम्बन्धित विषय:

  • # हेलिकोप्टर

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology