Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

कमल थापाले यस्तो भनेपछि राप्रपाभित्र खैलाबैला

कमल थापाले यस्तो भनेपछि राप्रपाभित्र खैलाबैला

  • 810
    SHARES
  • कमल थापाले यस्तो भनेपछि राप्रपाभित्र खैलाबैला

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले आफूले पार्टी नफुटाउने दाबी गरेका छन् । 

    बिहीबार सामाजिक सञ्जालमार्फत थापाले विचार नमिले पार्टीबाट कुनै दिन नैतिक आधारमा अलग हुन सक्ने भएपनि राप्रपा कदापी नफुटाउने दाबी गरेका छन् । 

    आफू निरंशुक र सक्रिय राजनीतिको पक्षमा नभएको भन्दै उनले राप्रपाको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपबाट राजा निष्पक्ष अभिभावक र राजनीतिक भन्दा भाथी बस्न नचाहेको स्पष्ट संकेत मिलेको बताएका छन् । 

    विगतमा आफूले राजसंस्थाको एजेण्ड बोक्दा प्रतिगामी, पुनरोत्थानवादी  'सिनो' बोकेर हिँडेको भन्दै गाली गर्नेहरुले नै अहिले आफूले राजा राजनीति भन्दा माथि रहनुपर्छ भन्दा आफ्नो खेदो खनिरहेको आरोप थापाको छ । 

    kamal thapa.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij