Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

कसुरदार  ठहर भएपछि बेपत्ता पक्राउ

कसुरदार  ठहर भएपछि बेपत्ता पक्राउ

  • 403
    SHARES
  • कसुरदार  ठहर भएपछि बेपत्ता पक्राउ

    काठमाडौं । अदालतबाट रु २६ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

    images

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु २६ लाख जरिवाना गरेपछि फरार रहेका काठमाडौंका ४१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठलाई आज बानेश्वरबाट पक्राउ गरेको हो ।

    ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालतको विसं २०७८ असोज १० गतेको फैसलापछि पाँच दिन कैद र बिगोबमोजिम रु २६ लाख जरिवाना ठहर गरेपछि निज फरार भएको जानकारी दिए ।

    पक्राउ परेका श्रेष्ठले आफ्नो सिभिल बैंक लिमिटेड भक्तपुर शाखाको खातामा पर्याप्त मौज्दात नहुँदा नहुदै पनि झुक्यानमा पारेर चेक दिइ बैंकिङ कसुरजन्य अपराध गरेका थिए ।

    उच्च अदालतले श्रेष्ठलाई बैकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिमसजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि आजै अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology