Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

लागूऔषध पोल्यान्डसहित दुईजना पक्राउ

लागूऔषध पोल्यान्डसहित दुईजना पक्राउ

  • 630
    SHARES
  • लागूऔषध पोल्यान्डसहित दुईजना पक्राउ

    काठमाडौँ । प्रहरीले लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मध्यपुर ठिमी नगरपालिका-४ नयाँठिमी बस्ने २९ वर्षीय रोजन श्रेष्ठ र सोही ठाउँ बस्ने २९ वर्षीय सञ्जय श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

    भक्तपुरबाट त्रिशूलडाँडातर्फ जाँदै गरेको प्रदेश नम्बर ३-०२-००१ प ६६७६ नम्बरको मोटरसाइकललाई चाँगुनारायणबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा १२ ग्राम अवैध लागूऔषध पोल्यान्डसहित फेला पारी मोटरसाइकल चालक रोजन र मोटरसाइकलमा सवार सञ्जयलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीको थप अनुसन्धान जारी छ ।

  • सम्बन्धित विषय:

  • # लागूऔषध

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij