Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

सुनिल स्मृति साहित्य महोत्सवको तयारी तीव्र

सुनिल स्मृति साहित्य महोत्सवको तयारी तीव्र

  • पौष २३, २०७८ शुक्रवार २०:३५ बजे
  • 486
    SHARES
  • सुनिल स्मृति साहित्य महोत्सवको तयारी तीव्र

    मुगु । रोल्पाको सुलिचौरमा सुनिल स्मृति साहित्य महोत्सव हुने भएको छ । कार्यक्रम जिएम मुभिजको आयोजना र सुनिल स्मृति गाउँपालिको आर्थिक सहयोगमा हुन लागेको हो ।  

    images

    आगामी शनिबार र आइतबार धनलक्ष्मीको ग्राउण्डमा हुन लागेको कार्यक्रमलाई पूर्वसभामुख कृष्णबहादुर महराले उद्घाटन गर्न लागेका हुन् । कार्यक्रममा माओवादी नेताहरू जोखबहादुर महरा र झक्कुप्रसाद सुवेदीको समेत विशेष उपस्थिति रहनेछ । 

    आयोजकका अनुसार कार्यक्रममा १० वटा बहसका सेसनहरू सञ्चालन हुनेछन् । सुनिलको सपना सेसनमा वक्ताको रूपमा बाग्मती थापा प्रस्तुत हुनेछिन् भने उनलाई पत्रकार माधवकुमार वलीले सहजीकरण गर्नेछन् ।

    कमरेडको खबर सेसनमा वक्ता झक्कु सुवेदी छन् भने सहजीकरण महेश न्यौपानेले गर्नेछन् । संसद्मा सर्कसमा वक्ता राजकुमार कुँवर छन् भने सहजीकरण नवीन लोचनले गर्नेछन् । त्यस्तै गाउँ जानेबाटोमा वक्ताहरू गुणेन्द्र घर्ती, रक्तिम पुन, दुर्गाबहादुर खड्का र बालाराम बुढा छन् भने सहजीकरण काँशिराम डाँगीले गर्नेछन् ।

    बिर्सिएको युद्ध पर्यटनमा वक्ताहरू पुरण क्षेत्री, खेम बुढा र पृथ्वी पुन छन् । उनीहरूलाई मनीषा श्रेष्ठले सहजीकरण गर्नेछिन्। कार्यक्रममा राष्ट्रिय मुद्दाका विषयहरू प्नि उठाइएको आयोजकले बताएको छ । कविले बिराएको बाटोमा कविहरू श्यामल अधिकारी र श्रवण मुकारुङ वक्ता छन् ।

    उनीहरूलाई युवा पुस्ता चर्चित कवि घनश्याम अस्तित्वले सहजीकरण गर्नेछन् । धार्मिक सत्ताको पन्जामा रामचन्द्र ढकाल र कीर्तिमान पुन वक्ता रहनेछन् भने सहजकर्ता राजकुमार बानिया रहनेछन् ।

    त्यस्तै कार्यक्रममा देशका विभिन्न जिल्लाबाट आएका शक्तिशाली कविहरूले कविता वाचन गर्नेछन् । कार्यक्रममा चौथो आयाममा काठमाडौंका थिएटर कलाकारहरूले नाटकसमेत प्रस्तुत गर्नेछन् । कार्यक्रममा सबै उपस्थितिको लागि आग्रह गर्दै कार्यक्रमको तयारी सबै पुरा भइसकेको कार्यक्रम मूल आयोजक समितिका सदस्य दिलीप कुँवरले जानकारी दिएका छन् ।

  • सम्बन्धित विषय:

  • # साहित्य महोत्सव

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology