Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

जाल 

जाल 

  • चैत्र २१, २०७७ शनिवार ०७:४० बजे
  • 2.8K
    SHARES
  • जाल 

    प्रेमिकालाई माया गरेझैं बाले बुनेपछि
    सन्तानको स्याहार गरेझैं बाजेले गोटी गाँसेपछि
    बाउबाजेको समय र श्रम खर्चेपछि तयार हुन्छ, जाल
    बाउबाजेको ज्ञान र मेहेनत खर्चेपछि तयार हुन्छ, जाल 

    images

    त्यही जाल, जसले माझीको पेट भर्छ 
    खोलासँग मित लाउँछ, माछासँग प्रिती गाँस्छ
    फुर्लुङको इज्जत धान्छ, बगरका ढुङ्गा बालुवासँग खेल्छ 
    त्यही जाल, जसले माझीको पहिचान जोगाउँछ ।

    माझीको  जालसाग राज्यको जालझेल चल्यो 
    जाल हान्नि खोलामा हाइड्रोपावर बन्यो
    माछाको न्यास्रोले  फुर्लुङमा जालो लाग्यो 
    ढुङ्गा बालुवामाथि सरकारको डोजर आतंक चल्यो

    सोझा माझीको जालमाथी राज्यले चलाखिपूर्वक बेग्लै जाल हान्यो
    अचेल माझीको जालसँगको मित छुटेको छ, प्रिती टुटेको छ । 
    कुनै समय माझीलाई बलियो बनाउने जाल आज आफैं मक्किएको छ 
    कुनै समय माझीलाई आँटिलो बनाउने जाल आज आफैं खिइएको छ ।

    त्यही जाल, जसले माझीको पहिचान जोगाउँछ , 
    त्यही जाल, जहाँ बाउबाजेको सपना जोडिएको थियो 
    त्यही जाल, जो आज खोला, माछा र माझीबाटे विलीन छ
    सोझा माझीको जालमाथि राज्यले चलाखीपूर्वक बेग्लै जाल हान्यो । 

  • सम्बन्धित विषय:

  • # कविता

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology