Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

ज्येष्ठ नागरिक योद्धा सीताराम ढकालको कृति लोकार्पण

ज्येष्ठ नागरिक योद्धा सीताराम ढकालको कृति लोकार्पण

  • पौष २४, २०७८ शनिवार २०:२७ बजे
  • 576
    SHARES
  • ज्येष्ठ नागरिक योद्धा सीताराम ढकालको कृति लोकार्पण

    काठमाडौं । ज्येष्ठ नागरिक योद्धा स्वर्गीय सीताराम ढकालको कृति लोकार्पण भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, पूर्वमन्त्रीहरु शंकर कोइराला, टंक ढकाल, पूर्वराज्यमन्त्री पदम राईलगायतले शनिबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा संयुक्त रुपमा बिमोचन गरेका हुन् ।

    images

    २३ साउन २००१ सालमा भोजपुरमा जन्मिएका समाजसेवी एवं ज्येष्ठ नागरिक योद्धा ढकालको प्रथम वार्षिक पुण्यतिथिमा प्रकाशित कृति (स्मृति ग्रन्थ)मा उनको जीवनी, व्यक्तित्व र योगदानका विविध आयाम प्रस्तुत गर्ने लेखरचना तथा अन्य सामग्रीको संयोजन गरिएको छ ।

    साथै उनको सक्रिय जीवनशैली, समाज सेवाका क्षेत्रमा गरेको उदाहरणीय कार्यहरु, ज्येष्ठ नागरिक योद्धाका रुपमा दिएका अविस्मरणीय योगदानहरुलाई उल्लेख गरिएको छ । यो कृति सीताराम–पदमकुमारी फाउण्डेसनले प्रकाशन गरेको हो । ढकालको कोटेश्वर क्षेत्रको विकासमा पनि उल्लेखनीय योगदान छ ।

    कृतिमाथि प्राडा गोविन्दमानसिंह कार्की र डा शैलेन्द्र प्रकाश नेपालले टिप्पणी गरेका थिए । कार्कीले भने, ‘उहाँको जीवनको पछिल्ला पाटामा मात्रै कृति केन्द्रीत भएको छ । पूरा जीवनी यो पुस्तकले समेट्दैन । तर, व्यक्तित्व पहिल्याउने काम यसले गरेको छ । केही सच्याउन पर्ने पनि छ । आगामी कृतिमा त्यसलाई समेट्नुहोला ।’

    अर्का टिप्पणीकर्ता नेपालले भने, ‘उनको जीवन अत्यन्त सार्थक भएको पाए । आत्मदाहका लागि सरकारलाई चुनौती दिएकोसम्म उहाँको योगदान छ । पुस्तक एउटा इतिहास हो । सत्यमोहन जोशीको शुभकामना सन्देशले ओज बढाउने काम गरेको छ । शिवप्रसाद ढकाल राष्ट्रको सम्पत्ति हो ।’

    कलाकार मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकको शिक्षाका लागि श्रेष्ठ लडेको बताए । ‘ज्येष्ठ नागरिक सञ्जाल बनाउनुभयो । जिल्ला संघहरू गठन भए । यति गर्दा राष्ट्रले सेवा नदिएपछि सडक आन्दोलनमा उत्रिए । सम्मानजनक बाच्ने कानुन ज्येष्ठ नागरिकमैत्री नीति नियम प्राप्त भएको छ । अहिले सम्मानपूर्वक बाच्न पाउने अवस्था छ । यसमा सीताराम ढकालको योगदान छ ।’

    कार्यक्रममा ९२ वर्षीय ज्येष्ठ नागरिक गोपाल प्रजापतिलाई सम्मान गरिएको छ ।

    बुवाआमाको नाममा फाउण्डेसन

    ज्येष्ठ नागरिक योद्धा ढकालको परिवारले बुवाआमाको सम्झनामा सीताराम–पदमकुमारी फाउण्डेसन स्थापना गरेको छ । ढकालको गत वर्ष (२० पुस ०७७) निधनपछि उनको योगदान र समाजसेवाका कामलाई निरन्तरता दिन परिवारले दुई महिनापछि ५ फागुनमा फाउण्डेसन स्थापना गर्‍यो । फाउण्डेसनले स्वर्गीय ढकालले जुन जुन क्षेत्रमा योगदान गरे तिनै क्षेत्रलाई केन्द्रीत गरेर काम गरिरहेको उपाध्यक्ष विन्दु अधिकारी ढकाल बताउँछिन् ।

    उनकाअनुसार फाउण्डेसनले ज्येष्ठ नागरिकलाई पलाञ्चोक भगवती दर्शन गराउने, हकहित संरक्षणका लागि सक्रिय रहने, आर्थिक रुपमा विपन्न विद्यार्थी ९अनुरोध कोइराला काठमाडौं स्कुल अफ ल–सृजन ढकाल सिटिजन कलेज० लाई छात्रवृत्ति, ढकालको जन्म स्थानमा वृक्षारोपण गरिएको छ । फाउण्डेसनले शनिबार ढकालका योगदान समेटिएका स्मृति ग्रन्थ प्रकाशन गरेको हो ।

    ढकालका छोरा एवं नेपाल प्रहरीका एसएसपी भीमप्रसाद ढकालले बुवाले देखाएका मार्ग र सपनामा आफूहरु अघि बढेको बताए । बुवाले देखाएको बाटोअनुसार समाजसेवामा सक्रिय रहिरहने उनको भनाइ छ ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology