Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

इसीडी शिक्षक र विद्यालय कर्मचारीले ताेकिएकाे तलब पाउनुहुन्छ, मन्त्रालयले गृहकार्य गरिरहेकाे छ : शिक्षामन्त्री पौडेल

इसीडी शिक्षक र विद्यालय कर्मचारीले ताेकिएकाे तलब पाउनुहुन्छ, मन्त्रालयले गृहकार्य गरिरहेकाे छ : शिक्षामन्त्री पौडेल

  • 3.0K
    SHARES
  • इसीडी शिक्षक र विद्यालय कर्मचारीले ताेकिएकाे तलब पाउनुहुन्छ, मन्त्रालयले गृहकार्य गरिरहेकाे छ : शिक्षामन्त्री पौडेल

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीको तलबका लागि आफूले स्थानीय तहसँग समन्वय गरिरहेको बताएका छन् ।

    images

    शनिबार काठमाडौं आयोजित एशोसियएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन) को कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले त्यस्तो बताएका हुन् ।

    मन्त्री पौडेलले इसीडी शिक्षक र विद्यालय कर्मचारीहरूलाई सरकारले तोकेको तलब उपलब्ध गराउन आफूले स्थानीय तहसँग समन्वय गरिरहेको बताए । ‘तपाईंहरूका अप्ठ्याराहरू छन्, मैले बुझ्छु’ शिक्षामन्त्री पौडेलले भने, ‘तोकिएको तलब तथा अन्यसमस्याहरू मन्त्रालयले समाधान गर्छ ।’

    संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् इसीडी शिक्षक र कर्मचारीलाई न्युनतम १५ हजार तलब दिने बताए पनि उनीहरूले तलब पाएका छैनन् । स्थानीय तहसमक्ष निरन्तर ध्यानाकर्षण गराउँदासमेत तलब नपाएको गुनासो उनीहरूको छ ।

    शिक्षामन्त्री पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको पनि बताए । बाल्यावस्थामा बालबालिको सर्वाङ्गिक विकास हुने चरण भएकाले उनीहरूको भविष्य कस्तो हुने भन्नेमा शिक्षकहरूको पनि जिम्मेवारी हुने उनको भनाइ छ ।

    ‘बाल्यावस्थामा अनुशासन, शिक्षा, र सस्कार सिकाउने कुरा हुन्छ’, उनले भने, ‘आमापछिको पाठशाला भनेको विद्यालय नै हो ।’

    बच्चाको भावना बुझ्ने कुरामा पुरूषभन्दा महिलाहरू नै अघि भएको बताउँदै पेशामा लाग्नेहरूलाई संस्थाले प्रोत्साहन गर्नुपर्नेमा जोड  दिए । कार्यक्रममा देशका उत्कृष्ट प्रि-स्कुललाई अवार्ड प्रदान गरिएको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology