Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

शिक्षामन्त्री पौडेलले शिक्षकहरूलाई भने- तपाईंहरूका अप्ठ्याराहरू बुझ्छु 

शिक्षामन्त्री पौडेलले शिक्षकहरूलाई भने- तपाईंहरूका अप्ठ्याराहरू बुझ्छु 

  • 1.4K
    SHARES
  • शिक्षामन्त्री पौडेलले शिक्षकहरूलाई भने- तपाईंहरूका अप्ठ्याराहरू बुझ्छु 

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताएका छन्  ।

    images

    शनिबार काठमाडौं आयोजित एशोसियएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन) को कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताएका हुन् ।

    बाल्यावस्थामा बालबालिको सर्वाङ्गिक विकास हुने चरण भएकाले उनीहरूको भविष्य कस्तो हुने भन्नेमा शिक्षकहरूको पनि जिम्मेवारी हुने उनको भनाइ छ ।

    ‘बाल्यावस्थामा अनुसासन, शिक्षा, र सस्कार सिकाउने कुरा हुन्छ’, उनले भने, ‘आमापछिको पाठशाला भनेको विद्यालय नै हो ।’

    बच्चाको भावना बुझ्ने कुरामा पुरूषभन्दा महिलाहरू नै अघि भएको बताउँदै पेशामा लाग्नेहरूलाई संस्थाले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । 

    ‘तपाईंहरूका अप्ठ्याराहरू छन् मैले बुझ्छु’ उहाँले भन्नुभयो, ‘ तोकिएको तलब तथा अन्यसमस्याहरू मन्त्रालयले समाधान गर्छ ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology