Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

केशरमहलमा शिक्षामन्त्री पौडेल, दिए यस्तो निर्देशन

केशरमहलमा शिक्षामन्त्री पौडेल, दिए यस्तो निर्देशन

  • 1.7K
    SHARES
  • केशरमहलमा शिक्षामन्त्री पौडेल, दिए यस्तो निर्देशन

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयको शाखा कार्यालय केशरमहलमा निरीक्षण गरेका छन् । आइतबार मन्त्री पौडेलले केशरमहलमा निरीक्षण गरेका हुन् ।

    images

    निरीक्षणका क्रममा मन्त्री पौडेलले ‘नो अब्जेक्सन लेटर’ लिन लाइनमा बसेका विद्यार्थीहरूलाई मन्त्रालयको शाखाबाट प्रवाह हुने सेवाको विषयमा जानकारी लिए ।

    सो क्रममा मन्त्री पौडेलले सेवाग्राहीसँग भने, ‘मन्त्रालयको शाखामा के कस्तो काम भइरहेको छन् भनेर निरीक्षण गर्न आएका हुँ । तपाईंहरूलाई दिने सेवामा कुनै समस्या कि छैन ?’

    debendra.jpg

    शाखा कार्यालयका उपसचिव हरिप्रसाद निरौलाले सेवाग्राहीको कामका लागि राति १२ बजेसम्म पनि काम गरिरहेको बताए । ‘सेवाग्राहीको सेवाका लागि राति १२ बजेसम्म पनि काम गछौं । रातको अन्तिम उडान नभएसम्म सुत्दैनौं,’ उपसचिव निरौलाले भने ।

    कतिपयले अन्यबाटोबाट ‘नोअब्जेक्सन’ लेटर बनाउँदा विमानस्थलबाट फर्किने गरेको निरौलाको भनाइ छ । सोही क्रममा मन्त्री पौडेलले सेवाग्राहीको कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिए ।

    कर्मचारी अभाव भएकाकारण सेवाग्राहीलाई तत्कालै सेवा दिन नसिकएको उपसचिव निरौलाको भनाइ छ । तस्बिर शिक्षामन्त्रीको सचिवालय 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology