Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

एमाले अध्यक्ष : इलाम र बाग्लुङमा काे-काे ?

एमाले अध्यक्ष : इलाम र बाग्लुङमा काे-काे ?

  • 522
    SHARES
  • एमाले अध्यक्ष : इलाम र बाग्लुङमा काे-काे ?

    काठमाडौं । नेकपा (एमाले) इलामका अध्यक्षमा महेश बस्नेत निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी डा.देवी क्षेत्री दुलाललाई ६३० मतले पराजित गरेका थिए ।

    उपाध्यक्षमा उदय राई ,सचिवमा उमेश गुरुङ ,उपसचिवद्वयमा रवीन्द्र सुवेदी र विष्णुमाया आचार्य विजयी भएका छन् । जिल्ला अधिवेशनमा ७६७ मत खसेको थियो ।

    आठ सय छ प्रतिनिधि रहेकामा ३९ प्रतिनिधिले मत नखसालेको निर्वाचन कमिटीले जनाएको छ । मतगणना गए राति सम्पन्न भएको हो । 

    त्यस्तै एमाले बाग्लुङका अध्यक्षपदमा हीराबहादुर केसी निर्वाचित भएका छन्  । कार्यबाहक अध्यक्षसमेत रहेका प्रतिस्पर्धी कृष्ण पाठकलाई पराजित गर्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन् ।

    उनले ३२९ मत प्रप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी पाठकले २२८ मत पाए भने अर्का प्रतिस्पर्धी मेहरसिंह पाइजाले ३४ प्राप्त गरे । उपाध्यक्षमा लक्ष्मण पुन र सचिवमा विष्णु भुसाल सर्वसम्मत निर्वाचित भएका थिए ।

    उपसचिवमा गणेशबहादुर थापा र डम्मर श्रीस विजयी भए । थापाले गणेश २९९ र श्रीसले २२८ मत पाएका छन् । उपसचिवमा छ जनाको प्रतिस्पर्धा थियो ।   

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij