Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

बाग्मती प्रदेशको मुख्यन्यायाधिवक्तामा धादिङका श्यामनारायण श्रेष्ठ

बाग्मती प्रदेशको मुख्यन्यायाधिवक्तामा धादिङका श्यामनारायण श्रेष्ठ

  • 664
    SHARES
  • बाग्मती प्रदेशको मुख्यन्यायाधिवक्तामा धादिङका श्यामनारायण श्रेष्ठ

    मकवानपुर । बाग्मती प्रदेशको मुख्यन्यायाधिवक्तामा श्यामनारायण श्रेष्ठ नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा श्रेष्ठलाई मुख्यन्यायाधिवक्तामा नियुक्त गरेका हुन् । 

    धादिङको ज्वालामुखी गाउँपालिका–२ हटिया निवासी श्रेष्ठलाई सोमबार उच्च अदालत पाटनका मुख्यन्यायाधिश नृपध्वज निरौलाले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । मुख्य न्यायाधिवक्ताको काम,कर्तव्य र अधिकार तथा सेवाका सर्त सम्बन्धी ऐन,२०७५ को दफा १४ बमोजिम प्रदेश प्रमुख शर्माको उपस्थितीमा शपथ खुवाइएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जानकारी दिए । 

    शपथ ग्रहण कार्यक्रममा प्रदेशका मुख्यमन्त्री पाण्डे, आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेल, आन्तरिक मामिला तथा कानुनमन्त्री कृण्णप्रसाद शर्मा खनाल, स्वास्थ्यमन्त्री निमा लामा, कृषि तथा पशुपन्छी मन्त्री बसुन्धरा हुमागाईं लगायतको उपस्थिति थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij