Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

कोरोना संक्रमणको जोखिम बढेपछि दिल्लीका निजी कार्यालयलाई घरबाटै काम गर्न निर्देशन

कोरोना संक्रमणको जोखिम बढेपछि दिल्लीका निजी कार्यालयलाई घरबाटै काम गर्न निर्देशन

  • 521
    SHARES
  • कोरोना संक्रमणको जोखिम बढेपछि दिल्लीका निजी कार्यालयलाई घरबाटै काम गर्न निर्देशन

    नयाँ दिल्ली । भारतमा सम्पूर्ण निजी कार्यलय घरबाटै सञ्चालन हुने भएका छन् । कोभिड संक्रमण तीव्र फैलिएसँगै दिल्ली विपद् व्यवस्थापन अथोरिटी (डीडीएमए)ले सम्पूर्ण निजी कार्यालयलाई घरबाटै  काम गर्न निर्देशन दिएको छ । त्यस्तै, सरकारी कार्यालयमा ५० प्रतिशत कर्मचारीले मात्र कार्यलयबाट काम गर्ने भएका छन् । 

    अत्यावश्यक सेवालाई भने छुट दिइनेछ । निजी बैंक, अत्यावश्यक सेवा दिने कार्यलय, विमा कम्पनी, औषधि कम्पनी, वित्तिय कम्पनी, वकिलका कार्यलय र कुरियर सेवालाई छुट छ । सोमबारदेखि दिल्लीका रेस्टुराँ र बारहरु बन्द भएका छन् । उनीहरुले होम डेलिभरी सेवा भने दिएका छन् । दिल्लीमा सोमबार १९ हजार जनामा कोभिड देखिएको छ । संक्रमण दर २५ प्रतिशत रहेको छ । यो दर मे महिनाकाे ५  तारिखपछिको उच्च हो । दिल्लीमा सोमबार एकै दिन संक्रमणबाट १७ जनाको मृत्यु भएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij