Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

काेराेना : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ, स्वागत र बिदाइ गर्न नआउन आग्रह

काेराेना : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ, स्वागत र बिदाइ गर्न नआउन आग्रह

  • 612
    SHARES
  • काेराेना : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ, स्वागत र बिदाइ गर्न नआउन आग्रह

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रू आवागमनको चापलाई मध्यनजर गर्दै अति जरूरी बाहेक स्वागत तथा बिदाइ लागि नआउन विमानस्थलले अनुरोध गरेको छ ।

    मंगलबार सूचना जारी गर्दै कोरोना भाइरसको बढ्दो महामारीलाई मध्यनजर गर्दै विमानस्थलमा अनावश्यक भिडभाड नगरिदिन आग्रह गरेको हो ।

    कारोना भाइरसको नयाँ भेरियन्ट देखापरेपछि विमानस्थल कार्यालयले भिजिट पास वितरण बन्द गरेको छ । अति अवश्यक अवस्था बाहेक भी पास उपलब्ध नहुने निर्णय भएको कार्यालयले जनाएको छ ।

    साथै हवाई यात्रा गर्दा अपनाउनु पर्ने स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्डहरूको परिपालना गरेर मात्र दैनिक हवाई सेवा सूचारू गराउन सम्बन्धित सरोकारवालाहरूलाई अनुरोध गरेको छ ।

     

    AIRPOT.jpg

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij