वेबटिभी खबर
काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा मंगलबार १२८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर १५ हजार ३३ जनाको परीक्षण हुँदा मंगलबार २४४४ जनामा संक्रमण पुष्टि भयो । त्यसमध्ये आधाभन्दा बढी संक्रमण भिडभाड हुने उपत्यकाका तीन जिल्लामा देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ९६० जना, ललितपुरका २२१ जना र भक्तपुरका ८५ जनामा संक्रमण पाइएको हो ।
सोमबार पनि उपत्यकाका तीन जिल्लामा ८७६ जनामा संक्रमण पुष्टि भएको थियो । काठमाडौंं उपत्यका अहिले कोरोनाको हटस्पट बनेको देखिएको छ ।
कोरोना संक्रमितको संख्यामा वृद्धि भए पनि भिडभाड हुन नदिन सरकारले कुनै आदेशहरू जारी गरेको छैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij