Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

कागती खेतीबाट मनग्य आम्दानी

कागती खेतीबाट मनग्य आम्दानी

  • 461
    SHARES
  • कागती खेतीबाट मनग्य आम्दानी

    दाङ । तीन वर्षअघि  निलकाँटा र सैजनको झाडी रहेको दाङको गढवा गाउँपालिका-३ गोबरडिहाको विद्यानगर अहिले हरियाली भएको छ ।

    हरिया बोटमा लटरम्म  फलेको छ । कागतीले मानिस झुक्किन्छन् र त्यही ठाउँ हो कि होइन भनेर यताउता हेर्न थाल्छन् । उनीहरूको ध्यान हरियाली र यतिमात्र नभएर लटरम्म फलेका कागतीले तान्न थाल्छ । बाटो हिँड्ने मात्र होइन कि यतिखेर त्यहाँका स्थानीयवासी गाउँले पनि कागतीखेती हेर्न पुग्ने गरेका छन् ।

    ती पौरखी किसान हुन्-गढवा-३ गोबरडिहाका ३४ वर्षीय युवा अञ्जित चौधरी । उनले व्यवासायिक रूपमा गरेको उन्नत जातको कागतीखेतीले उनको जीवन राम्ररी चलेको मात्र होइन यस स्थानकै शोभा बढाइदिएको छ ।

    उनले ‘डिएण्डके’ सिट्स कृषि फार्म खोलेर व्यावसायिक रूपमा उन्नत जातको कागतीखेती गर्न थालेका छन् । विसं २०७४ मा उनले यहाँको १० बिघा जमिन २५ वर्षका लागि भाडामा लिएर सुरूमा २० लाख रूपैयाँ लगानी गरेर व्यावसायिक रूपमा उन्नत जातको कागती खेती थालेको जानकारी दिए ।

    उनले १० बिघा जमिनमध्ये साढे ६ बिघामा कागती खेती गरेका छन् भने अन्य जमिनमा रेशमखेती छ । धनकुटामा रहेको वनस्पति उद्यानबाट सुन कागती १ र सुन कागती २ जातको उन्नत जातका तीन हजार कागतीका बिरूवा खरिद गरी खेती थालेको उनको भनाइ छ ।

    सो जग्गाको वार्षिक रूपमा रू दुई लाख भाडा तिन्छन् । उनले अहिले दुई जनालाई पूर्ण रूपमा र सात जनालाई आंशिक रूपमा रोजगारी दिइरहेका छन् ।

    तीन वर्ष भयो बिरूवा रोपेको एक वर्षमा नै फल्न थाले पनि सुरूको वर्षका अधिकांश दाना झरेर गए । फल धेरै लाग्ने तर बोट साना भएकाले असर गर्ने हुँदा आम्दानी भएन । गतवर्ष राम्रो आम्दानी भयो, यसपटक हालसम्म अर्थात पुस १५गतेसम्म ३५ क्वीन्टल बिक्री गरिसकेको अझै कागती बाँकी छन् ।

    उनले भने, ‘अहिले दैनिक बुटाबाट नै ५० देखि ६० किलोसम्म कागती बिक्री गरीरहेको छु ।’ अहिले उनले प्रतिकेजी कागती रू १०० मा विक्री गरिरहेका छन् । ‘बाबु बाजेले  धान, मकै, गहुँखेती गर्नुभयो र कृषि क्षेत्रमा नै रमाएर बस्नुभयो । मैले पनि अहिले क्याम्पसमा पढदै र परम्परागत खेतीले आम्दानी धेरै नहुँने हुँदा यो पेशालाई रोजेको छु, सफल पनि भएको छु ,’ उनले भने ।

    उनले कागतीे खेतीलाई  आवश्यक पर्ने सिँचाइ र रोग लागेमा  दक्षप्राविधक र कीटनाशक औषधिको प्रयोगबारे जानकारी तथा सहयोग गरीदिन सरकारलाई आग्रह गरे । यो खेतीतर्फ उत्साहित गराउन गत वर्ष गढवा गाउँपालिकाले रू  तीन लाख र कृषि ज्ञान केन्द्र घोराहीले रू दुई लाख अनुदान उपलव्ध गराएको जनाइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij