Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

उमेरहद हटाउन शिक्षक सेवा आयोगलाई शिक्षकहरूको आग्रह, नहटाए तालाबन्दी गर्ने र परीक्षा केन्द्रहरूमा अवरोध गर्ने [पत्रसहित]

उमेरहद हटाउन शिक्षक सेवा आयोगलाई शिक्षकहरूको आग्रह, नहटाए तालाबन्दी गर्ने र परीक्षा केन्द्रहरूमा अवरोध गर्ने [पत्रसहित]

  • 6.4K
    SHARES
  • उमेरहद हटाउन शिक्षक सेवा आयोगलाई शिक्षकहरूको आग्रह, नहटाए  तालाबन्दी गर्ने र परीक्षा केन्द्रहरूमा अवरोध गर्ने [पत्रसहित]

    काठमाडौं । आफ्ना माग सम्बोधन नभए राहत शिक्षकहरूले शिक्षक सेवा आयोगको कार्यालयमा तालाबन्दी गर्ने र परीक्षा केन्द्रहरूमा अवरोध गर्ने भएका छन् ।

    images

    माग पुरा गर्न उनीहरूले भोलि बिहीबारसम्मको समय आयोगलाई दिएका छन् । उनीहरूले २७ पुसमा आयोगका अध्यक्षलाई सम्बोधन गरी ध्यानाकर्षण गराएका हुन् ।

    आयोगले माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहका लागि शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । सो विज्ञापनमा उमेरहदका कारण डेढ दशकदेखि कार्यरत अस्थायी प्रकृतिका शिक्षकहरू परीक्षामा सहभागी हुनबाट वञ्चित रहेको राहत शिक्षकहरूको भनाइ छ ।

    कार्यरत शिक्षकहरूले उमेरहदका कारण शिक्षक सेवा आयोगले लिने परीक्षा मार्फत् आफ्नो योग्यता, क्षमता, सीपको मापन गर्न नपाउनु दुःखद् भएको जनाएका छन् । 

    हेर्नुहोस् यो ध्यानाकर्षण पत्र 

    teachers.jpg

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology