डोटी । डोटीको बडिकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ । सोमबार र मङ्गलबार परेको असिना पानीले यस क्षेत्रका काउली, टमाटर, मूला, प्याज, साग तरकारी तथा फुलेर ढकमक्क भएको तोरी र हिउँदेबालीमा क्षति पुर्याएको हो ।
बेमौसमी वर्षा र असिनाका कारण लाखौँ मूल्य बराबरको तरकारी तथा हिउँदेबाली नोक्सानी गरेको बडिकेदार-४ का एक स्थानीयवासीले बताए । उनका अनुसार असिनाले हिउँदे आलु, गहुँ र जौँका बोटमा नोक्सानी पुर्याएको छ ।
साथै असिनाले भित्र्याउन लागेको अदुवा खेतीलाई पनि असिनाले क्षति गरेको छ भने, सुन्तला र कागतीका दाना असिनाले झारिदिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij