Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

स्थानीय सरकारले समस्या नसुनेपछि शिक्षामन्त्री र शीर्षस्थ नेताहरू भेट्न पुगे इसीडी शिक्षक 

स्थानीय सरकारले समस्या नसुनेपछि शिक्षामन्त्री र शीर्षस्थ नेताहरू भेट्न पुगे इसीडी शिक्षक 

  • 2.3K
    SHARES
  • स्थानीय सरकारले समस्या नसुनेपछि शिक्षामन्त्री र शीर्षस्थ नेताहरू भेट्न पुगे इसीडी शिक्षक 

    काठमाडौं । तलबमा भेदभाव भोग्दै आएका प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) हरूले राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटगरी आफ्ना समस्या समाधानका लागि ध्यानाकर्षण गराएका छन् ।

    images

    सरकारले बजेट भाषणमार्फत तलब तोके पनि सबै स्थानीय सरकारले त्यसलाई कार्यान्वयन गरेका छैनन् । त्यसले गर्दा एउटै जिल्लाका अगल-अलग स्थानीय सरकार मातहत कामगर्ने इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब फरक हुने गरेको छ । शीर्षस्थ नेताहरूसँगको भेटघाटामा संघीय सरकारले तोकेको न्युनतम मासिक तलब, दरबन्दी, उमेर हदबन्दी र शैक्षिक योग्यता सम्बन्धी समस्याबारे उनीहरूले कुरा राखेका हुन् ।

    नेपाल बालविकास शिक्षक, केन्द्रीय समिति अध्यक्ष कृष्णकुमारी थापा मगर नेतृत्वको टोलीले बुधबार एमाले नेता वामदेव गौतम, कांग्रेसका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मालाई भेटेर आफ्ना समस्याबारे ध्यानाकर्षण गराए ।

    संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्युनतम १५ हजार तलब दिने बताएको थियो । संघले ८ हजार र स्थानीय सरकारले त्यसमा ७ हजार थपेर तलब दिने गरी बजेट भाषणमा व्यवस्था गरिए पनि त्यसअनुसार तलब पाएका छैनन् ।

    स्थानीय सरकारलाई यसबारे बारम्बार ध्यानाकर्षण गराउँदासमेत तलब नपाएको गुनासो उनीहरूको छ । बजेट भाषणअनुसार तलब पाउनुपर्ने माग गर्दै इसीडी शिक्षक र विद्यालय कर्मचारीले निरन्तर आन्दोलन गरे पनि धेरै स्थानीय तहले सुनवाइ गरेको छैन ।

    मन्त्रालयमै पुगेर इसीडी शिक्षकहरूले समस्या सुनाउँदा शिक्षामन्त्री पौडेलले के भने ? मन्त्रालयमै पुगेर इसीडी शिक्षकहरूले समस्या सुनाउँदा शिक्षामन्त्री पौडेलले के भने ?

    तोकिएको तलब पाउनुपर्ने माग गर्दै स्थानीय सरकारसमक्ष धर्ना, तालाबन्दी गर्दासमेत मागमा सुनुवाइ नभएपछि इसीडी शिक्षकहरूले संघीय सरकार र केन्द्रीय नेता गुहारेका हुन् । अध्यक्ष थापा मगरको नेतृत्वमा इसीडी शिक्षकहरूले शिक्षा मन्त्रालयमै पुगेर आइतबार (२५ पुस) मन्त्री देवेन्द्र पौडेललेको ध्यानाकर्षण गराएका थिए ।

    शिक्षामन्त्री पौडेलले उनीहरूलाई माग पुरा गर्ने आश्वास दिएका थिए । मन्त्री पौडेलले भनेका थिए, ‘तपाईंहरूका सबै समस्याका विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको छ । स्थानीय तहले नटेरेको अवस्था छ । तपाईंहरूको समस्या समाधान गर्ने कोसिस गरिरहेको छु ।’

    शिक्षाकन्त्रीलाई भेटेको तेस्रो दिन बुधबार इसीडी शिक्षकहरूले नेपाली कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मालाई पनि भेटेर मागबारे ध्यानाकर्षण गराए  । उनीहरूले पूर्वगृहमन्त्री वामदेव गौतमलाई पनि भेटगरी आफ्ना समस्या सुनाए ।

    समस्या सुनेपछि नेताहरूले त्यस विषयमा सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाएका छन् । ती नेताहरूको भनाइ उदृढ गर्दै अध्यक्ष थापा मगरले बुधबार वेबटिभी खबरलाई भनिन्, ‘अहिलेसम्म पनि सरकारले तोकेको तलब लागु भएको रहेनछ । लागु गर्नका लागि संसद्मा हामी कुरा उठाउँछौं । सरकारलाई खबरदारी गर्छौं ।’

    त्यस्तै दुई दिनसम्म चलेको नेपाल बालविकास शिक्षक, केन्द्रीय समितिको बैठकले अधिवेशन गर्ने निर्णय गरेको छ । तलबलगायतका समस्या समाधानका लागि सरकारसँग लविङ गर्ने, माग पुरा नभए देशव्यापी आन्दोलन गर्ने र बालविकास शिक्षकहरूलाई एकढिक्का बनाएर लैजान निर्णय पनि बैठकले गरेको अध्यक्ष थापा मगरले वेबटिभी खबरलाई जानकारी दिइन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology