वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप तीन हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३६ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा कोरोना भाइरसका नयाँ संक्रमित पुष्टि भएका हुन् ।
यो अवधिमा २७८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयले दुई जनाको संक्रमणकै कारण निधन भएको जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij