Logo

२०७८, माघ १५ गते शनिवार

२०७८, माघ १५ गते शनिवार

७ महिनापछि नाइजेरियामा हट्यो ट्विटरमाथिको प्रतिबन्ध

७ महिनापछि नाइजेरियामा हट्यो ट्विटरमाथिको प्रतिबन्ध

  • 90
    SHARES
  • ७ महिनापछि नाइजेरियामा हट्यो ट्विटरमाथिको प्रतिबन्ध

    एजेन्सी, अबुजा । अन्ततः नाइजेरिया सरकारले ट्विटरमाथि लगाएको प्रतिबन्ध हटाएको छ । राष्ट्रपति मुहमदु बुहारीको एउटा विवादास्पद ट्विटपछि सात महिनाअघि सरकारले सामाजिक सञ्जालको महत्वपूर्ण माध्यम ट्विटरमा प्रतिबन्ध लगाएको थियो । 

    बुहारीले गरेको एउटा ट्विट कमेन्टलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा चर्को विरोध भएपछि ट्विटरले जुन महिनादेखि नाइजेरियामा ट्विटरमा प्रतिबन्ध लगाएको थियो । 

    प्रतिबन्ध हट्नुअघि सरकार र ट्विटर कम्पनीबीच लामो छलफल भएको थियो । ‘राष्ट्रपति बुहारीले ट्विटरमाथि लगाएको प्रतिबन्ध फुकाउने विषयमा कम्पनीसँग सहमति जनाएका छन् । बुधबार राति १२ बजेदेखि नाइजेरियाा ट्विटर पुनः सञ्चालनमा आएको छ,’ देशको सूचना प्रविधि निकायले एक विज्ञप्तिमा भनेको छ । 

    नाइजेरियामा ट्विटरमा प्रतिबन्धलाई लिएर अमेरिका, युरोपेली युनियन र क्यानडाले चासो देखाएका थिए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology