Logo

२०७८, माघ १५ गते शनिवार

२०७८, माघ १५ गते शनिवार

वन्यजन्तुले क्षति पुर्याएकालाई राहत वितरण

वन्यजन्तुले क्षति पुर्याएकालाई राहत वितरण

  • 91
    SHARES
  • वन्यजन्तुले क्षति पुर्याएकालाई राहत वितरण

    रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जले वन्यजन्तुको आक्रमणबाट क्षति पुगेकालाई राहत रकम वितरण गराएको छ । वन्यजन्तुबाट घाइते भएका मानिस, घर पालुवा चौपाया तथा खेतबारीकाअन्नबाली नोक्सानको क्षतिपूर्ति वापत राहत रकम वितरण गरेको हो ।

    गत आर्थिक वर्षको साउनदेखि हालसम्म कूल ४८ लाख १६ हजार ६५५ राहत प्रदान गरिएको छ । वितरीत राहतमध्ये भालुको आक्रमणबाट मानव उपचार खर्चमा ७ लाख ९६ हजार ६५५, अन्नबाली क्षतितर्फ ३४ लाख २२ हजार र पाल्तु चौपाया नोक्सानतर्फ ५ लाख ९८ हजार प्रदान भएको लाङटाङ राष्ट्रिय निकुञ्जका वन प्राविधिक सुलक्षा श्रेष्ठले जानकारी दिए।

    भालुको आक्रमणबाट विगतका वर्षमा दर्जनौँ मानिस घाइते परेका थिए भने पछिल्लो समय पूर्व सावधानी अपनाउँदा ३ जनामात्र घाइते भएका छन् । डेढ वर्षको अवधिमा जङ्गली भालु तथा बँदेलले १ हजार १७६ किसानको अन्नबाली नोक्सान पारेको र चितुवाको आक्रमणबाट ६० भन्दा बढी चौपायामा क्षति पुगेको छ ।

    मानव तथा वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्न वन जङ्गल र आवादी जमिनको सिमानामा तारबार लगाउने काम सुरु गरिएको छ । किसानको खेतबारीमा वर्षेनी वन्यजन्तुको आक्रमण बढ्दै गएपछि तारबारको माध्यबाट रोकथाम गर्ने नयाँ नीति ल्याइएको हो ।

    लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवका अनुसार ७५ लाख बराबरको कार्य योजनाअन्तर्गत रसुवाको राम्चे तथा यार्सा एवं नुवाकोट जिल्लाको तादी गाउँपालिका-२ चिलाउने गाउँक्षेत्रमा तारबार लगाउने काम सुरु भएको छ ।

    भालु, बँदेललगायत जनावर जङ्गलबाट खेती जमिनमा पस्ने मुख्य क्षेत्रको पहिचान गरी ती स्थानमा करिब एक/एक किलो मिटरका दरले तारबार गरिने र यस्तो घेरावारको कार्यले किसानको अन्नबाली सुरक्षित गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको यादवले बताए ।

    रसुवा, नुवाकोट र सिन्धुपाल्चोकको हिमाली भागमा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रका बासिन्दालाई परेको समस्या क्रमशः समाधान गर्दै जाने र जैविक विविधताको संरक्षणमा सहभागितामूलक तबरले अगाडि बढ्ने कार्ययोजना रहेको वन प्राविधिकले बताएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology