Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

भारतमा एकैदिन थपिए दुई लाख ६२ हजार संक्रमित

भारतमा एकैदिन थपिए दुई लाख ६२ हजार संक्रमित

  • 420
    SHARES
  • भारतमा एकैदिन थपिए दुई लाख ६२ हजार संक्रमित

    नयाँ दिल्ली । भारतमा लगातार दोस्रो दिन दैनिक कोरोना संक्रमितको संख्या दुई लाख नाघेको छ । बिहीबार गरिएको नमुना परीक्षणमा २ लाख ६२ हजार नयाँ संक्रमित थपिएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    images

    भारतीय संचारमाध्यमले बिहीबार राति साढे ११ बजेको रिपोर्टअनुसार भारतमा २ लाख ६२ हजार २२ जना नयाँ संक्रमित थपिएकाे उल्लेख गरेका छन्  । यो अवधिमा एक लाख ८ हजार ७०८ जना संक्रमणमुक्त भएको र ३१४ जनाको निधन भएको भारतीय संचारमाध्यममा उल्लेख छ । 

    दैनिक संक्रमित बढेसँगै भारतमा अहिले सक्रिय संक्रमितको संख्यासमेत बढेको छ । हाल भारतभरि १२ लाख ६५ हजार सक्रिय संक्रमित पुगेका छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology