Logo

२०७८, माघ १५ गते शनिवार

२०७८, माघ १५ गते शनिवार

‘सार्वजनिक यातायातको नयाँ भाडा लागू गर्न सकिँदैन’  

‘सार्वजनिक यातायातको नयाँ भाडा लागू गर्न सकिँदैन’  

  • 85
    SHARES
  • ‘सार्वजनिक यातायातको नयाँ भाडा लागू गर्न सकिँदैन’  

    जुम्ला । जुम्लामा सार्वजनिक यातायातको भाडादर निर्धारण गरिएको छ । यातायात व्यवस्था कार्यालयले जुम्लामा गुड्ने साना तथा ठूला यात्रुबाहक सवारीको  भाडादर निर्धारण गरेको हो ।

    अब जुम्लादेखि मान्मासम्म बसयात्रा गर्दा ४४० रुपैयाँ तिर्नुपर्नेछ भने मिनिबसमा ५४० रुपैयाँ खर्चनुपर्नेछ । जीपमा जाँदा भने ६३५ रुपैयाँ भाडा पर्ने भएको छ ।

    जुम्लादेखि सुर्खेत बसमा ८४० रुपैयाँ भाडा निर्धारण गरिएको छ भने मिनिबसमा १ हजार ३० रुपैयाँ कायम भएको छ । जीपमा जाँदा झन बढी १ हजार २  सय ९ रुपैयाँ तिर्नुपर्नेछ । जुम्लादेखि काठमाडौंको बस भाडा १ हजार २ सय ८३ निर्धारण गरिएको छ । डिलक्स र एसी बसको भाडा अझ बढी हुन्छ ।

    छोटो दूरीमा जुम्लादेखि उम्गाडसम्म बस भाडा २७ रुपैयाँ कायम भएको छ भने जीप-भ्यान ४० रुपैयाँ तिर्नुपर्नेछ । जुम्लादेखि लाम्रा सम्म बस भाडा ४४ र जट्ठप भ्यानमा ६४ रुपैयाँ कायम भएको छ ।  जुम्लादेखि तातोपानी बस भाडा ६५ र जीप-भ्यान ९६ कायम भएको छ ।

    जुम्लादेखि कुडारीसम्म बसमा १०८ र जिप भ्यानमा १६० रुपैयाँ भाडा निर्धारण गरिएको छ ।  जुम्लादेखि रारालिहिसम्म बस भाडा १३५ र जीप-भ्यान भाडा २ सय रहेको छ ।

    जुम्ला बजारदेखि नाग्मसम्म बस भाडा १७३ हुँदा जिपमा यात्रा गर्दा २५६ रुपैयाँ तिर्नुपर्ने यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका सूचना अधिकारी लोकबहादुर महतले बताए  । उनका अनुसार छोटो दूरीमा चल्ने अटो रिक्साको भाडा ४० देखि बढीमा ७० रुपैयाँसम्म कायम गरिएको छ ।

    सरकारले निर्धारण गरेको भाडादर लागू नगर्ने व्यवसायीको अडान

    यातायात  व्यवसायिकले भने सरकारबाट निर्धारण भएको भाडादर कार्यान्वयन हुन नसक्ने बताउँदै आएका छन् । तिला कर्णाली यातायातका इन्चार्ज इन्द्र थापाले डिजेल, पाटपूर्जाको भाउ बढेका बेला सरकारी भाडादर निकै कम भएको बताए ।

    विगतमा छोटो दूरीमा कम्तिमा ६० र लामो दूरीमा १ हजार ५ सय कायम हुनुपर्ने उनको माग छ । सरकारी भाडादर लागू गर्न नसकिने उनले बताए । जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले सरकारले निर्धारण गरेको भाडादर यथाशीघ्र कार्यान्वयन गर्न आग्रह गरेकी छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology