Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

कर्णालीमा स्याउ-ओखर विकास बोर्ड गठन गर्न माग

कर्णालीमा स्याउ-ओखर विकास बोर्ड गठन गर्न माग

  • 507
    SHARES
  • कर्णालीमा स्याउ-ओखर विकास बोर्ड गठन गर्न माग

    जुम्ला । राष्ट्रिय बजारमा कर्णाली अर्थात जुम्लालाई स्याउ,ओखरले चिनाएको छ।

    images

    कर्णाली प्रदेशको जुम्ला,कालिकोट, डोल्पा र मुगु जिल्लामा स्याउ र ओखर प्रयाप्त मात्रामा उत्पादन हुन्छ । कर्णालीमा उत्पादित स्याउ ओखर बजारकरण व्यवस्थापनका लागि कर्णालीका कृषकले स्याउ-ओखर विकास बोर्ड गठन गर्न माग गरेका छन् ।

    कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाही र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीसमक्ष स्याउ-ओखर विकास बोर्ड गठन गर्न माग पत्र पेस गरिएको हो ।

    तिला गाउँपालिका-८ का वडाध्यक्ष सन्तविर रावतका अनुसार कर्णाली प्रदेश हिमाली जिल्ला जुम्ला, डोल्पा, हुम्ला, मुगु र कालिकोटमा स्याउ ओखर उत्पादन हुन्छ । यीनै उत्पादित कृषि वस्तुले उचित मूल्य पाउन सकेको छैन । उनले भने, ‘बजारीकरण गर्न कर्णाली प्रदेश सरकारसँग स्याउ ओखर विकास बोर्ड गठन गर्न माग गरेका हौं ।’

    कर्णालीमा उत्पादित स्याउ-ओखर बजारीकरण गर्न बोर्ड गठन गर्न आवश्यक रहेको कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारीले बताए । उनले भने, ‘कृषिवस्तुको व्यवस्थापन र बजारीकरण नहुँदा सिजनमा पनि भाउ पाइँदैन ।’

    कृषि विकास कार्यालयको तथ्यांकअनुसार २०७६ मा जिल्लामा १२ हजार टन स्याउ उत्पादन भएको थियो । २०७७ भने घटेर ६ हजार २ सय १० टनमात्रै उत्पादन भयो । यो वर्ष ६ हजार १ सय ६०  टन उत्पादन भएको कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले बताए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology