Logo

२०७८, माघ १५ गते शनिवार

२०७८, माघ १५ गते शनिवार

कर्मचारीहरूले जनवरीको अन्त्यदेखि तलब पाउने

कर्मचारीहरूले जनवरीको अन्त्यदेखि तलब पाउने

  • 1.3K
    SHARES
  • कर्मचारीहरूले जनवरीको अन्त्यदेखि तलब पाउने

    काबुल । तालिबानले अगस्टमा सत्तापलट गरेपछि पहिलो पटक बजेट सार्वजनिक गरेको छ । तर, बजेटमा विदेशी सहयोगबारे केही उल्लेख गरिएको छैन । सरकारले बुधबार सन् २०२२ को पहिलो चौमासिक खर्च ५३ अर्ब ९० करोड अफगानी  (५० करोड ८० लाख डलर) अनुमोदन गरेको हो ।

    सम्पूर्ण  खर्च सरकारी संस्थाहरूबाट बेहोर्ने जनाएको छ । महिनौंदेखि तलब नपाएका कर्मचारीहरूले जनवरीको अन्त्यदेखि तलब पाउने प्रवक्ता हक्मालले बताए । त्यस्तै, तालिबान सत्तामा आएपछि कार्यलय जान नपाएका महिला कर्मचारीलाई पनि तलब दिइने उनले बताए ।

    अफगानिस्तानको कूल ग्राहस्थ उत्पादनमा ४० प्रतिशत अन्तर्राष्ट्रिय सहयोगमा निर्भर रहेको थियो । यसअघि तालिबान सत्तामा आउनुअघिका सरकारले सार्वजनिक गर्ने बजेटको ८० प्रतिशत स्रोत विदेशी सहयोग हुने गर्थ्याे ।

    तर,तालिबान सत्तामा आएसँगै पश्चिमा देशहरूले अबौं डलर सहयोग रोक्का गरिदिएका छन् । अन्तर्राष्ट्रिय सहयोग रोक्का भएपछि अफगानिस्तानमा आर्थिक संकट चुलिएको राष्ट्रसंघले बताउँदै आएको छ ।

    ‘पछिल्लो दुई दशकमा पहिलो पटक हामीले विदेशी सहयोगमा निर्भर नहुने गरी बजेट घोषणा गरेका छौं, जुन हाम्रा लागि ठूलो उपलब्धी हो,’ तालिबान सरकारका अर्थमन्त्रालयका प्रवक्ता अहमद वाली हाकमलले भने ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology