Logo

२०७८, माघ १५ गते शनिवार

२०७८, माघ १५ गते शनिवार

विजय शङ्खरको  ‘ओके छ त’ सार्वजनिक

विजय शङ्खरको  ‘ओके छ त’ सार्वजनिक

  • 68
    SHARES
  • विजय शङ्खरको  ‘ओके छ त’ सार्वजनिक

    काठमाडौं । गायक विजय शङ्खरको ‘ओके छ त’ शीर्षकको सांगीतिक सौगात सार्वजनिक भएको छ । यस गीतमा उनलाई स्वरमा गायिका सुदिता राईले साथ दिएकी छिन् ।

    युवा प्रेम र आकर्षणलाई व्यक्त गरिएको गीत गायक शङ्खर र मुनाल शिशिर कोइरालाले संयुक्तरुपमा लेखेका हुन् । दीपकराज विश्वकर्माको संगीत रहेको गीतमा कुशल सिंहले संंगीत संयोजन गरेका छन् ।

    ललितपुरको गोदावरीमा छायाङ्कन गरिएको उक्त गीतमा स्रव्यदृश्य उत्तम हुमागाईंले, सम्पादन शिलन लम्सालले, कोरियोग्राफी सुरेन्द्र बसेलले र अभिनय सुधिर श्रेष्ठ तथा सुनिशा बजगाईले गरेका छन् ।

    गायक कोइरालाको निर्देशनमा तयार पारिएको भिडियोलाई ‘ड्याडी एण्ड डटर्स’ नामक च्यानलमार्फत सार्वजनिक गरिएको छ । गायक शङ्खरले केही समय अघि ‘माया बैगुनी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेर चर्चा कमाएका थिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology