Logo

२०७८, माघ १५ गते शनिवार

२०७८, माघ १५ गते शनिवार

८० वर्ष नाघेकालाई निःशुल्क एम्बुलेन्स सेवा

८० वर्ष नाघेकालाई निःशुल्क एम्बुलेन्स सेवा

  • 75
    SHARES
  • ८० वर्ष नाघेकालाई निःशुल्क एम्बुलेन्स सेवा

    तनहुँ । आँबुखैरेनी गाउँपालिका कार्यालयले एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । डेढ वर्षअघिदेखिको निरन्तर प्रयासपछि गाउँपालिकामा हालै एम्बुलेन्स आइपुगेको हो ।

    गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाका अनुसार गाउँपालिकाले आर्थिक वर्ष ०७७/७८ मा एम्बुलेन्स खरिदका लागि बजेट निकासा गरे पनि कोरोनाका कारण ल्याउन ढिला भएको थियो ।

    ८० वर्ष नाघेका नागरिकलाई निःशुल्क, ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट र अन्यलाई सहुलियत दरमा एम्बुलेन्स उपलब्ध गराउने योजना बनाइएको थापाले बताए ।

    उनले भने, ‘१२ लाख ५० हजारमा खरिद गरिएको एम्बुलेन्सको बडी बनाउन केही दिन लाग्ने भएकाले पूरा तयारी भएपछि सेवा दिन थालिनेछ ।’ एम्बुलेन्स चालक र पेट्रोलको खर्च धान्ने गरी सहुलियतदरमा सेवा प्रदान गरिने र कमाउनेभन्दा पनि सेवामुखी भावनाले काम गर्ने योजना रहेको अध्यक्ष थापाले जानकारी दिए ।

    तनहुँको पूर्वी क्षेत्रमा अवस्थित यो गाउँपालिका गोरखा र चितवन जिल्लासँग सीमा जोडिएको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology