Logo

२०७८, माघ १५ गते शनिवार

२०७८, माघ १५ गते शनिवार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

  • 82
    SHARES
  • प्रभु इन्स्योरेन्सको  लाभांश घोषणा

    काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने भएको छ ।

    कम्पनीको पुस २९ गते बसेको संञ्चालक समितिको बैंठकले आव २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ११ प्रतिशत बराबरको बोनस र बोनस कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    कम्पनीले प्रस्ताव गरेको लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीले आगामी साधारण सभाबाट अनुमोदन गरेर वितरण गर्ने भएको छ ।

    हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १६ करोड १९ लाख २ हजार ३२८ रुपैयाँ रहेको छ । प्रस्तावित १२ करोड ७८ लाख ९ हजार २५६ रुपैयाँ बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब २८ करोड ९७ लाख ११ हजार ५८४ रुपैयाँ हुनेछ।

    pravu.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology