Logo

२०७८, माघ १५ गते शनिवार

२०७८, माघ १५ गते शनिवार

तीन वर्षदेखि झोलुङ्गे पुलको निर्माण कार्य अलपत्र

तीन वर्षदेखि झोलुङ्गे पुलको निर्माण कार्य अलपत्र

  • 62
    SHARES
  • तीन वर्षदेखि झोलुङ्गे पुलको निर्माण कार्य अलपत्र

    वीरगञ्ज । पर्साको धोबिनी गाउँपालिका-१ घोरदाउरा टोलस्थित ओरिया खोलामा निर्माणाधीन झोलुङ्गे पुल ३ वर्षदेखि अलपत्र परेको छ । निर्माण कार्य हुन नसकेपछि उक्त पुल विगत ३ वर्षदेखि अलपत्र परेको हो ।

    उपभोक्ता समितिले पुल निर्माणका लागि ३ वर्षअगाडि गाउँपालिकाबाट पटकपटक गरी ५२ लाख ९९ हजार पेस्की लिएको भए पनि निर्माणस्थलमा १० प्रतिशत पनि काम हुन नसकेको गाउँपालिकाले जनाएको छ । हालसम्म २ वटा अधुरा पिलर निर्माण गरेर पुल निर्माण कार्य रोकिएको थियो ।

    ‘पुल निर्माणका लागि उपभोक्ता समितिले ठूलो रकम पेस्कीस्वरुप लिइएको भए पनि सो रकम त्यस कार्यमा खर्च गरिएको छैन’, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद साहले भने’, ‘अब अनुसन्धान गरी नियमअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ ।’ कार्यालयबाट लिइएको पेस्की रकम ब्याजसहित दाखिला गर्न यस अगाडी गाउँपालिकाले उपभोक्ता समितिलाई पत्राचार गरिसकेको छ ।

    गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा ३ महिनाभित्र पुल बनाउन गाउँपालिका र समितिबीच सम्झौता भएको थियो । कूल बजेट ९५ लाख ९७ हजारमध्येबाट हालसम्म ५२ लाख ९९ हजार पेस्की उपभोक्ता समितिले लिएको भएपनि करिब ५/७ प्रतिशत मात्र खर्च भएको छ । यद्यपि, समितिको खाताबाट सबै पैसा झिकिएको छ ।

    महालेखा परीक्षकको आर्थिक वर्ष २०७६/०७७ को प्रतिवेदनले सम्झौता अवधिसम्म काम नसकिएकाले ब्याजसमेत लगाई असुल गर्न गाउँपालिकालाई निर्देशन दिएको छ । सम्झौतानुसार ८ महिनामा पुल निर्माण गर्नुपर्नेमा हालसम्म १० प्रतिशत पनि काम नभएको प्रतिवेदनमा उल्लेख छ ।

    ओरिया खोलामा पुल नहुँदा घोरदाउराका बासिन्दा बर्खाको समयमा भारतको बाटो प्रयोग गरी नेपालीबजार पुग्नुपर्ने बाध्यता रहँदै आएको छ । पुल निर्माण सुरु भएपश्चात् स्थानीयवासीमा आशा पलाए पनि अलपत्र हुँदा उनीहरु निरास बनेका छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology