Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

कालीकोटमा कोरोना संक्रमितको संख्या बढ्दै

कालीकोटमा कोरोना संक्रमितको संख्या बढ्दै

  • 420
    SHARES
  • कालीकोटमा कोरोना संक्रमितको संख्या बढ्दै

    कालीकोट । कालीकोटमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै भएको छ । राजनीतिक दलका भेला सम्मेलन नरोकिएका कारणले जिल्लामा कोभिड-१९ को संक्रमण बढेको हो ।

    images

    कालीकोटमा शुक्रबार बिहान ११ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ जनामा कोभिड-१९ को संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ । कोभिड-१९ को संक्रमण देखिएका सबै राजनीतिक दलको कुनै न कुनै कार्यक्रममा सहभागी रहेका जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले बताएको हो ।

    जिल्लामा कोभिड-१९ संक्रमण तीव्ररुपमा बढेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कटकबहादुर महतले बताए । ‘पछिल्लो चरणमा कोभिड-१९ बाट संक्रमितमध्ये ६ महिला र ७ पुरुष रहेका छन्’, उनले भने, ‘विगतको तुलनामा तेस्रो चरणको कोभिड-१९ लहर भयावहरुपमा लिएको छ ।’

    कोभिड-१९ का संक्रमित विभिन्न होमआइसोलेसनमा रहेको निमित्त प्रमुख महतले जानकारी दिए । जिल्लामा हालसम्म कोभिड-१९ विरुद्ध पहिलो मात्राको खोप लगाउनेको संख्या ८१ हजार १८१ रहेको र दोस्रो मात्रा खोप लगाउनेको संख्या ४६ हजार ३१३ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ ।

    कालीकोटमा कूल जनसंख्याको ५० प्रतिशतले पहिलो मात्रा र २८ प्रतिशतले दोस्रो मात्रा तथा १२ वर्षमाथिको लक्षित जनसंख्यामा ६५ प्रतिशतले पहिलो र ३७ प्रतिशतले दोस्रो मात्रा कोभिड-१९ विरुद्धको खोप लगाएको निमिक्त प्रमुख महतले जानकारी दिए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology