Logo

२०७८, माघ १५ गते शनिवार

२०७८, माघ १५ गते शनिवार

‘अमेरिकी लगानी र प्रविधि भित्र्याउने प्रयास गरियोस्’, नेपाल उद्योग परिसंघ

‘अमेरिकी लगानी र प्रविधि भित्र्याउने प्रयास गरियोस्’, नेपाल उद्योग परिसंघ

  • 73
    SHARES
  • ‘अमेरिकी लगानी र प्रविधि भित्र्याउने प्रयास गरियोस्’, नेपाल उद्योग परिसंघ

    काठमाडौं । नेपाल उद्योग परिसंघले मुलुकमा प्रत्येक्ष विदेशी लगानी भित्र्याउन तथा निर्यात प्रवद्र्धनसँगै प्राकृतिक सौन्दर्यको खानी, देशको पर्यटनको विकासलाई केन्द्रमा राखेर काम गर्न अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीसँग आग्रह गरेको छ ।

    परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाललगायत पदाधिकारीहरूसँग आज भएको छलफलमा पश्मिना, तयारी पोशाक, छुर्पीजस्ता विशिष्टिकृत उत्पादनलाई अमेरिकी बजारसम्म सहज रुपमा स्थापित गर्न तथा बजार विस्तारमा भरमग्दुर प्रयासका लागि उनीसँग अनुरोध गरिएको हो ।

    राष्ट्रको पर्यटन प्रवद्र्धन हुनेगरी अमेरिकाको तर्फबाट उच्चस्तरीय भ्रमणको प्रयास गर्न तथा नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धलाई आर्थिक कुटनीतिका माध्यमबाट थप सबल बनाउनेतर्फ विशेष ध्यान दिन परिसंघले अनुरोध गरेको छ ।

    नेपाललाई विकासको पथमा अग्रसर गराउन गुणस्तरीय पूर्वाधार निर्माण पहिलो आवश्यकता भएकाले जलस्रोतसहित पर्यटन र सेवाका क्षेत्रमा अमेरिकी लगानी जुटाउन प्रयत्नका निम्ति परिसंघले प्रस्तावित राजदूत खत्रीसमक्ष आग्रह गरेको हो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology