Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

मेडिकल कलेज शुल्क विवाद : सञ्चालक र विद्यार्थीबीच के भयाे सहमति ?

मेडिकल कलेज शुल्क विवाद : सञ्चालक र विद्यार्थीबीच के भयाे सहमति ?

  • 544
    SHARES
  • मेडिकल कलेज शुल्क विवाद : सञ्चालक र विद्यार्थीबीच के भयाे सहमति ?

    काठमाडौं । विद्यार्थी र मेडिकल सञ्चालकहरूबीच सहमति भएको छ । शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारमा भएको छलफलमा कलेज सञ्चालक र विद्यार्थीबीच चिकित्सा शिक्षा आयोगले तोके बमोजिमको शुल्क लिने र दिने सहमति भएको हो ।

    images

    आगामी वर्षहरूमा यस्ता किसिमका समस्या समाधानको गर्न चिकित्सा शिक्षा आयोगले कानून मन्त्रालयसँग राय सल्लाह लिएर आवश्यक ऐन नियम संशोधन गर्ने सहमति आजको बैठकमा भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

    शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार विद्यार्थीहरूले सहज र अनुकूल वातावरणमा सिक्ने अवसर सुनिश्चित गर्न दायित्व मनन गरी विद्यार्थीहरूको छात्रावास सम्बन्धी समस्यालाई सम्बन्धित शिक्षण संस्था तथा विद्यार्थी र उनका अभिभावकबीच आपसी छलफल गरी सहमतिमा निरुपण गर्ने भनिएको छ ।

    270853446_236271872025388_3899223776865733855_n.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology