Logo

२०७८, माघ १५ गते शनिवार

२०७८, माघ १५ गते शनिवार

टाइगर कप : पुरुषतर्फ आर्मी र हेल्प नेपाल फाइनलमा

टाइगर कप : पुरुषतर्फ आर्मी र हेल्प नेपाल फाइनलमा

  • 71
    SHARES
  • टाइगर कप : पुरुषतर्फ आर्मी र हेल्प नेपाल फाइनलमा

    काठमाडौं । टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको दोस्रो संस्करणको पुरुषतर्फको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र हेल्प नेपालले प्रतिस्पर्धा गर्ने भएका छन् ।

    शुक्रबार भएको फरक खेलमा विजयी हुँदै आर्मी र हेल्प नेपाल फाइनल प्रवेश गरेका हुन् । पहिलो खेलमा साबिक विजेता गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल पहिलो पटक फाइनल प्रवेश गर्‍यो ।

    पहिलो पटक प्रतियोगितामा सहभागी भएको हेल्प नेपालले भारतीय ३ खेलाडीको साथमा २५-१८, २५-१६, २५-२३ ले सहज जित पायो । दोस्रो खेलमा आर्मीले अर्को विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो ।

    राष्ट्रिय टोलीका खेलाडीले भरिएको आर्मीले पुलिसलाई २५-१५, २५-१८, २५-१३ ले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा प्रवेश गर्‍यो । फाइनल खेल शनिबार २ बजे हुनेछ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology