Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

सप्तरीमा न्यायाधीशसहित २० जनामा कोरोना पुष्टि

सप्तरीमा न्यायाधीशसहित २० जनामा कोरोना पुष्टि

  • 450
    SHARES
  • सप्तरीमा न्यायाधीशसहित २० जनामा कोरोना पुष्टि

    सप्तरी । सप्तरीमा तीन जना न्यायाधीशसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार १६ जनाको स्वाब परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए। उनले भने, ‘तीन दिनमा २० जनामा संक्रमण पुष्टि भएको छ ।’

    images

    उनका अनुसार ज्वरो आउनेको संख्या जिल्लामा एकदमै बढ्दै गएको सुन्नमा आए पनि पीसीआर टेस्ट गर्न सर्वसाधारण एकदमै कम आउने गरेको जानकारी दिए । अहिले संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।

    उनले जिल्लाको कुनै पनि आइसोलेसन तयारी अवस्थामा नरहेको र राजविराज नगरपालिकासहित जिल्लाका गाउँपालिका नगरपालिकामा तत्काल आइसोलेसन निर्माण गर्ने विषयमा छलफल भइरहेको बताए ।

    राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमामा पीसीआर परीक्षण भइरहेको जानकारी समेत यादवले दिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology