Logo

२०७८, माघ १५ गते शनिवार

२०७८, माघ १५ गते शनिवार

टाइगर कपः पुरुषतर्फ आर्मी र हेल्प नेपाल फाइनलमा

टाइगर कपः पुरुषतर्फ आर्मी र हेल्प नेपाल फाइनलमा

  • पौष ३०, २०७८ शुक्रवार १९:११ बजे
  • 53
    SHARES
  • टाइगर कपः पुरुषतर्फ आर्मी र हेल्प नेपाल फाइनलमा

    काठमाडौं । टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको दोस्रो संस्करणको पुरुषतर्फको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र हेल्प नेपालले प्रतिस्पर्धा गर्ने भएका छन् । 

    शुक्रबार भएको फरक खेलमा विजयी हुँदै आर्मी र हेल्प नेपाल फाइनल प्रवेश गरेका हुन् ।  पहिलो खेलमा साबिक विजेता गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल पहिलो पटक फाइनल प्रवेश गर्‍यो । 

    पहिलो पटक प्रतियोगितामा सहभागी भएको हेल्प नेपालले भारतीय ३ खेलाडीको साथमा २५–१८, २५–१६, २५–२३ ले सहज जित पायो ।  दोस्रो खेलमा आर्मीले अर्को विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो ।

    राष्ट्रिय टोलीका खेलाडीले भरिएको आर्मीले पुलिसलाई २५–१५, २५–१८, २५–१३ ले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा प्रवेश गर्‍यो । फाइनल खेल शनिबार २ बजे हुनेछ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology