Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

पीएम कपः बागमतीको दोस्रो जित

पीएम कपः बागमतीको दोस्रो जित

  • पौष ३०, २०७८ शुक्रवार १९:५१ बजे
  • 361
    SHARES
  • पीएम कपः बागमतीको दोस्रो जित

    काठमाडौं । प्रदेश २ लाई ५ विकेटले पराजित गर्दै बागमती प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित  टियु मैदानमा प्रदेश २ ले दिएको १५५ रनको लक्ष्य बागमतीले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै १५६ रनको बनायो । 

    images

    बागमतीका लागि ईशान पाण्डेले सर्वाधिक ३२ रन जोडे । यस्तै, लक्की कठायतले २८, प्रतीस जिसीले २२ रन गर्दा सुवास खकुरेल र कप्तान ज्ञानेन्द्र मल्लले समान २० रनको योगदान गरे ।

    प्रदेश २ का जितेन्द्र यादवले दुई विकेट लिँदा पार्थिक यादव, हरिशंकर साह र विवेक यादवले समान एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश २ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । 

    प्रदेश २ को लागि हरिशंकरले सर्वाधिक ५६ रन बनाए । यस्तै, विवेकले २८, कप्तान हासिम अन्सारीले २६ र मोहमद आदिल आलमले १२ रनको योगदान गरे । बागमतीका रिजन ढकाल र विपिन आचार्यले समान दुई विकेट लिँदा प्रतीस जिसी र सुवास खत्रीले समान एक विकेट हात लिए ।

    यसअघि आफ्नो पहिलो खेलमा एपीएफ क्लबसँग २४ रनले पराजित भएको प्रदेश २ ले दोस्रो खेलमा गण्डकी प्रदेशलाई २ विकेटले हराएको थियो । तेस्रो खेलमा लुम्बिनी प्रदेशसँग ४२ रनले पराजित भएको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology