Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा कट्‍वाल 

प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा कट्‍वाल 

  • पौष ३०, २०७८ शुक्रवार १९:५५ बजे
  • 445
    SHARES
  • खोटाङ । नेकपा एकीकृत समाजवादी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङको अध्यक्षमा गोविन्द कट्‍वाल चयन भएका छन् । शुक्रबार दिक्तेलमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट कट्‍वाल प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्ष चुनिएका हुन् । २७ सदस्यीय संगठनको उपाध्यक्षमा कुमार ढकाल र सरस्वती घिमिरे, सचिवमा सरोज विश्वकर्मा, उपसचिवमा कुमार लुइँटेल, कोषाध्यक्षमा जीतबहादुर थापा र सहकोषाध्यक्षमा सुजन तामाङ चयन भएका छन् । 

    images

    एकीकृत समाजवादी खोटाङका अध्यक्ष जलसेर राईको प्रमुख आतिथ्यता तथा प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य पञ्चकुमार राईको विशेष आतिथ्यतामा संगठनको जिल्ला कमिटी विस्तार गरिएको हो । 


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology