Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

जनचेतनासँगै मास्क वितरण गर्दै सप्तरी प्रहरी

जनचेतनासँगै मास्क वितरण गर्दै सप्तरी प्रहरी

  • पौष ३०, २०७८ शुक्रवार २०:१३ बजे
  • 387
    SHARES
  • जनचेतनासँगै मास्क वितरण गर्दै सप्तरी प्रहरी

    सप्तरी ।  जिल्लामा तीव्र रूपमा कोरोना भाइरस संक्रमित बढेसँगै सप्तरी प्रहरीले विभिन्न स्थानमा सर्वसाधारणलाई कोभिड १९ को नयाँ भेरियन्टको विषयमा जनचेतनासहित मास्क वितरण अभियान सुरु गरेको छ ।

    images

    इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीको आयोजनामा ट्राफिक टोलीसहित जिल्लाको सुरुङ्गा नगरपालिका-४ कदमाहा चोकस्थित पूर्व–पश्चिम राजमार्गमा समुदाय(प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत चेतनासहित मास्क वितरण गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

    जनचेतना मूलक कार्यक्रममा स्थानीय सर्वसाधारण, बुद्धिजीवी, राजनीतिक दलका व्यक्तित्वको उपस्थित रहेको थियो । कार्यक्रममा दुई सय मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।

    यसअघि बिहीबार तिलाठी कोईलाडी गाउँपालिका र मंगलबार राजविराज नगरपालिकामा मास्क वितरण गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology