Logo

२०७८, माघ १५ गते शनिवार

२०७८, माघ १५ गते शनिवार

प्रदेश २ सरकारले ल्याए महेन्द्रनारायण निधी विपन्न आवास योजना

प्रदेश २ सरकारले ल्याए महेन्द्रनारायण निधी विपन्न आवास योजना

  • पौष ३०, २०७८ शुक्रवार २१:०८ बजे
  • 74
    SHARES
  • प्रदेश २ सरकारले ल्याए महेन्द्रनारायण निधी विपन्न आवास योजना

    जनकपुरधाम । प्रदेश २ सरकारले जनता आवास जस्तै महेन्द्रनारायण निधी विपन्न आवास योजना कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने उक्त योजनाको कार्यविधि र दलित सशक्तीकरण नियमावलीसमेत स्वीकृत गरिएको छ । 

    महेन्द्रनारायण निधी विपन्न आवास योजनाअन्तर्गत दलितलाई मात्रै नभई गरिब, विपन्न,असहाय, एकल महिलालगायतका जुनसुकै समुदायको व्यक्तिलाई पाँच लाखको लगानीमा दुई कोठे भवन, भान्सा कोठा र शौचालयसहितको घर निर्माण गरिदिने योजना रहेको प्रदेश सरकारका प्रवक्ता अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले बताए । 

    महेन्द्रनारायण निधी विपन्न आवास योजनाअन्तर्गत प्रत्येक वर्ष प्रदेशका सभामा ६४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा १० वटाका दरले वार्षिक ६४० वटा घर निर्माण प्रदेश सरकारले गरिने मन्त्री साहले बताए । 

    प्रदेश सरकारले उक्त कार्यक्रम २०६८ सालदेखि नै नीति तथा कार्यक्रममा राखे पनि कार्यान्वयन भने चालु आर्थिक वर्षदेखि हुने भएको छ । महेन्द्रनारायण निधी विपन्न आवास योजनाको संयोजकमा भौतिक पूर्वाधार मन्त्री र प्रत्येक जिल्लाहरूमा एक–एक जना प्रदेश सांसद संयोजक बाँकी सम्बन्धित जिल्लामा प्रदेश सांसदहरू सदस्य रहने व्यवस्था गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रदेश २ सरकार

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology