Logo

२०७८, माघ १५ गते शनिवार

२०७८, माघ १५ गते शनिवार

स्कार्पियो दुर्घटनामा सात जना घाइते 

स्कार्पियो दुर्घटनामा सात जना घाइते 

  • पौष ३०, २०७८ शुक्रवार २१:३५ बजे
  • 72
    SHARES
  • स्कार्पियो दुर्घटनामा सात जना घाइते 

    काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ मा स्कार्पियो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । 

    तीन नम्बर पुलबाट बा१३च ४३६५ नम्बरको स्कार्पियो अनियन्त्रित भई पल्टिँदा सात जना घाइते भएका हुन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरको स्कार्पियो अनियन्त्रित भई पल्टिएर अन्दाजी ५०र६० मिटर तल त्रिशूली नदीको किनारामा खसेको प्रहरीले जनाएको छ ।

    घाइतेहरूलाई उपचारको लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए । दुर्घटनाको कारण भने खुलेको छैन ।

     

  • सम्बन्धित विषय:

  • # स्कार्पियो दुर्घटना

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology