Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

योगेश भट्टराईलाई प्रेम आलेको चुनौती- लण्डनबाट रक्सी र रोलेक्स घडी ल्याएको प्रमाण देखाउनूस्, मन्त्री पदबाट तुरुन्तै राजीनामा दिन्छु

योगेश भट्टराईलाई प्रेम आलेको चुनौती- लण्डनबाट रक्सी र रोलेक्स घडी ल्याएको प्रमाण देखाउनूस्, मन्त्री पदबाट तुरुन्तै राजीनामा दिन्छु

  • 471
    SHARES
  • योगेश भट्टराईलाई प्रेम आलेको चुनौती- लण्डनबाट रक्सी र रोलेक्स घडी ल्याएको प्रमाण देखाउनूस्, मन्त्री पदबाट तुरुन्तै राजीनामा दिन्छु

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पूर्वपर्यटन मन्त्री योगेश भट्टराईलाई आफूले लण्डनबाट रोलेक्स घडी ल्याएको प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । भट्टराईले सो प्रमाण देखाए मन्त्रीपदबाट तुरुन्तै राजीनामा दिने मन्त्री आलेले बताए । शुक्रबार प्राइम टिभीमा बोल्दै मन्त्री आलेले त्यस्तो चुनौती दिएका हुन् ।

    पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले मन्त्री आलेलाई लण्डनबाट फर्किदा रक्सी र रोलेक्स घडी ल्याएको आरोप लगाएका थिए ।

    ‘लण्डनमा जाँदा दश बोत्तल रक्सी बोकर आयो । रोलेक्स घडी ल्याएँ रे । त्यो पनि मैले सुनें । अझै पनि म के चुनौती दिन चाहन्छु भन्दा त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टको जुन भिआइपी कक्षबाट म आएको छु, अहिले पनि त्यहाँको सिसिटिभी फुटेज चेक गरे हुन्छ । म त्यहाँ आउँदा मेरो हातमा केही पनि छैन । सात वटा रोलेक्स घडी मैले ल्याएँ भनेर उहाँ (योगेश भट्टराई) ले जुन आरोप लगाउनु भएको छ, एउटा रोलेक्स घडी ल्याएको उहाँले देखाउनु पर्यो, अहिलेको अहिल्यै यो मन्त्री पदबाट म रिजाइन दिन्छु,’ अन्तर्वार्तामा आलेले स्पष्ट पारे । 

    व्यावसायिक समूह ‘बतास ग्रुप’ ले नारायणहिटी दरबार संग्रहालय परिसरभित्र रेस्टुरेन्ट सञ्चालन गर्न जथाभाबी संरचना निर्माण गर्दै थियो । सो संरचना मन्त्री आलेको ठाडो निर्देशनमा भत्काइएको छ । यतिखेर ‘बतास ग्रुप’ विवादमा घेरिएको छ । यो समूहले हात हालेका अन्य थुप्रै व्यवसाय पनि विवादित बनेका छन् । मन्त्री आलेको कामको जनस्तरबाट प्रशंसा भइरहेको उनकै पूर्वपार्टी नेकपा एमालेले भने आलोचना गर्दै आएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij