Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

भारतमा एक महिनामै काेराेना संक्रमण तीस गुणा बढ्यो 

भारतमा एक महिनामै काेराेना संक्रमण तीस गुणा बढ्यो 

  • 467
    SHARES
  • भारतमा एक महिनामै काेराेना संक्रमण तीस गुणा बढ्यो 

    नयाँ दिल्ली । भारतमा एक महिनामा कोभिड संक्रमण तीस गुणाले बढे पनि जनस्वास्थ्यका मापदण्ड पालनामा लापरबाही जारी छ ।

    सामाजिक दूरी, यात्रा प्रतिबन्धजस्ता संक्रमणबाट बच्ने उपाय पालना भएका छैनन् । मकर संक्रान्तिको अबसरमा शनिबार लाखौं भक्तजनले गंगा नदीमा सामूहिक स्नान गरेका छन् । 

    शनिबार पश्चिम वंगालस्थित गंगामा भक्तजनको भीड नै लागेको थियो । उनीहरुले संक्रमणको कुनै ख्याल नै गरेका थिएनन् । 

    यसअघि संक्रमण बढेकै बेला कुम्भ मेलामा भिडभाड भएको थियो । कुम्भ मेलाले देशभर कोभिड फैलाउन मद्दत गरेको थियो । भारतमा महाराष्ट्रपछि पश्चिम बंगालमा सबैभन्दा बढी कोभिड संक्रमित छन् । कोभिड बढेपछि भारतका विभिन्न सहरहरुमा रात्रिकालीन कर्फ्यु लगाइएका छन् । 

    भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ६८ हजारमा कोभिड संक्रमण देखिएको छ । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij