Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

आगलागीले खरानी भएको घर बनेपछि थापा परिवारलाई राहत

आगलागीले खरानी भएको घर बनेपछि थापा परिवारलाई राहत

  • 561
    SHARES
  • आगलागीले खरानी भएको घर बनेपछि थापा परिवारलाई राहत

    अर्घाखाँची । गत २० चैतमा जंगलमा लागेको आगोले घर जलेर घरवारबिहीन बनेका अर्घाखाँचीको छत्रदेव गाउँपालिका-४ धरम्पानीका नारायणबहादुर थापा परिवारमा खुसियाली छाएको छ ।

    आगोले घर खरानी बनाइदिएपछि दुई बुहारी, दुई छोरा र श्रीमान श्रीमती सहित ७ जनाको परिवार बिचल्लीमा परेको परिवारलाई  विवेकशील साझा पार्टीले नयाँ घर बनाइदिएपछि थापा परिवारलाई राहत मिलेको हाे ।

    आर्थिक अवस्था अत्यन्तै दयनीय रहेका उनीहरूको बिचल्ली भएपछि विवेकशील साझा पार्टी अर्घाखाँचीका नेता स्थानीय पशुपति पाण्डेको सक्रियतामा नयाँ घर बनेपछि आफूहरूलाई ठूलो राहत पुगेको थापाले बताए ।

    ‘पशुपति सरहरूको सहयोगमा नयाँ घर बन्यो,’ थापाले भने, ‘पशुपतिजीहरूले सम्पूर्ण सामान किनिदिनुभयो, गाउँलेले काठ सहयोग गर्नुभयो । केही ऋण लागे पनि अहिले राम्रो घरमा बस्न पाएका छौं । हामी निकै खुसी छौं ।’ अवस्था अत्यन्तै दयनीय देखिएपछि आफूहरुले सहयोग गरेको पाण्डेले बताए ।

    ‘उहाँ आफै मिस्त्री हुनुहुँदो रहेछ, मिस्त्रीको व्यवस्थापन तपाई आफै गर्नुस भन्यौं,’पाण्डेले भने, ‘यसबाहेक किन्नुपर्ने सबै सामान हामीले किनिदिएका हौं । आगलागी भएको खबर थाहा पाएर हाम्रो पार्टीको अर्घाखाँची जिल्ला कमिटी टिम उद्वार तथा राहतका लागि घटनास्थलमा उपस्थित भई त्यहाँको आवश्यकतालाई अवलोकन गर्‍यौ । पीडितको अति नै दयनीय अवस्था देख्दा उहाँलाई  घरको अति आवश्यकता परेको महसुस गरी घर निर्माणकार्यमा हाम्रो ध्यान केन्द्रित भयो र हामीले घर बनाइदिने बाचा गर्‍यौं ।’

    पाण्डेका अनुसार काटी, जस्तापाता, सिमेन्ट, बालुवा, ढुंगा जस्ता घर निर्माणका लागि किन्नुपर्ने सबैजसो सामान पार्टीले सहयोग गरेको हो । ‘पार्टी केन्द्रले समेत करिब ९४ हजार सहयोग गरेको थियो । बाँकी हामीले विभिन्न दाताबाट संकलन गरेका हौं,’ पाण्डेले भने, ‘महेन्द्र विद्यावोध विद्यालयका कक्षा ८, ९ र १० मा पढ्ने ८० जना विद्यार्थीले व्यक्तिगत रूपमा पैसा उठाएर ८ हजार ५ सय रुपैयाँ सहयोग गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij