Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

काेराेना संक्रमणकाे अवस्थालाई हेरेर विद्यालय सञ्चालन गरिने

काेराेना संक्रमणकाे अवस्थालाई हेरेर विद्यालय सञ्चालन गरिने

  • 6.9K
    SHARES
  • काेराेना संक्रमणकाे अवस्थालाई हेरेर विद्यालय सञ्चालन गरिने

    काठमाडौं । म्याग्दीको रघुगंगा गाउँपालिका-३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालयको पठन-पाठन बन्द गरिएको छ ।

    विद्यालयमा कार्यरत एक जना शिक्षकमा कोरोना पुष्टि भएपछि शुक्रबार विद्यालयका शिक्षकसहित विद्यालय कर्मचारीको परीक्षण गरिएको थियो । उक्त परीक्षणमा थप एक शिक्षकमा कोरोना संक्रमण देखिएपछि संक्रमित दुबै शिक्षकले पठन-पाठन गराउने सबै कक्षाका विद्यार्थीहरूमा कोरोना परीक्षण गरिएको थियो ।

    १७ जना शिक्षक कर्मचारीमध्ये दुई जना र ८२ जना विद्यार्थीहरूमा गरिएको परीक्षणमा १० जनागरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि १० दिनका लागि विद्यालयको पठन-पाठन बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।

    शिक्षकहरूको अस्थायी कोभिड अस्पताल पिप्ले र विद्यार्थीहरूको विद्यालयमै एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । १० दिनपछि पुनः कोरोना परीक्षण गरिने र संक्रमण नभेटिएपछि मात्रै विद्यालय सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।    

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij