Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

धर्मशाला निरीक्षण गरेपछि पर्यटनमन्त्री आलेले भने- सरकारी सम्पत्ति दुरूपयोग हुन दिन्न

धर्मशाला निरीक्षण गरेपछि पर्यटनमन्त्री आलेले भने- सरकारी सम्पत्ति दुरूपयोग हुन दिन्न

  • 637
    SHARES
  • धर्मशाला निरीक्षण गरेपछि पर्यटनमन्त्री आलेले भने- सरकारी सम्पत्ति दुरूपयोग हुन दिन्न

    काठमाडौं । संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले पशुपति क्षेत्रभित्र धर्मशालाको निरीक्षण गरेका छन् । भारत सरकारले अनुदानमा बनाइदिइएको धर्मशालामा होटल सञ्चालन भएको सम्बन्धमा बुझ्न आलेले निरीक्षण गरेका हुन् ।

    मन्त्री आलेले होटलको प्रत्येक कोठा निरीक्षण गरी दररेटको बारेमा जानकारी लिए । निरीक्षणपछि मन्त्री आलेले धर्मशाला कुनै सात तारे होटलभन्दा कम नदेखिएको बताए ।

    धर्मशालामा होटल सञ्चालन भएकोबारे छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउने र त्यसपछि आवश्यक निर्णय लिने उनले भनाइ छ । मन्त्री आलेले छानबिनको क्रममा दोषी देखिएका सबैलाई कारबाही गर्ने प्रतिबद्धतासमेत जनाए ।

    आलेले राजनीतिक प्रतिशोध साँध्नका लागि आफूले कुनै काम नगरेको भन्दै आफ्नै पार्टीको भए पनि सरकारी सम्पत्ति दुरूपयोग हुन नदिने स्पष्ट पारे ।

    पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीहरूलाई खान र बस्न सहज होस् भनेर तिलगंगामा बनाइएको धर्मशालाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिस्थित धर्मशाला संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

    तर,धर्मशालालाई भाडामा होटल चलाउन दिएपछि विवाद हुँदै आएको छ ।    

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij