Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

आफैंले आफैंलाई कमजोर बनाएका रामचन्द्रको नियति

आफैंले आफैंलाई कमजोर बनाएका रामचन्द्रको नियति

  • 1.2K
    SHARES
  • आफैंले आफैंलाई कमजोर बनाएका रामचन्द्रको नियति

    काठमाडौं । १४औं महाधिवेशन अघि कांग्रेसभित्र तीन समूह सक्रिय थिए । संस्थापन, संस्थापन इतर र तेस्रो धार नामक समूह । ती मध्ये संस्थापन र संस्थापन इतर समूह बलिया थिए । संस्थापन समूह सभापति शेरबहादुर देउवाको नेतृत्वमा थियो । संस्थापन इतर समूहका नेता रामचन्द्र पौडेल थिए । तेस्रो धारको नेतृत्व कृष्णप्रसाद सिटौलाले गरेका थिए ।

    तर, १४औं महाधिवेशनपछि कांग्रेसको आन्तरिक राजनीतिको परिदृश्य बदलिएको छ । सभापति देउवा झन थप बलशाली बनेका छन् । देउवा बलियो हुनु भनेको संस्थापन समूह पनि बलियो बन्नु हो । तर, १३औं महाधिवेशनपछि संस्थापन इतर समूहका नेतृत्वकर्ता पौडेलको शक्ति क्षयीकरण भएको छ । सिटौलाले त महाधिवेशनको मुखमा आफ्नो समूहलाई संस्थापन समूहमा विलय गराइसकेका छन् ।

    त्यसो त पौडेलको महाधिवेशनको नेतृत्व चयनको प्रक्रियामा तटस्थ बस्ने निर्णयले उनी माथि अनेकौं प्रश्न उब्जिएकै छन् । निष्ठाको राजनीति गर्दै आएका पौडेलले १४औं महाधिवेशनमा सभापति देउवाको सहयोगी बनेर आफ्नै इमेज बिगारेको आरोप हिजो उनकै समूहमा सक्रिय रहेका नेताहरूले लगाइरहेका छन् । 

    सभापति पदमा पौडेलको दाबेदारी राजनीतिक चश्माबाट हेर्दा स्वभाविक नै थियो । तर, उनले साढे पाँच वर्ष जसरी समूहको नेतृत्व गरे, समूहको नेता भएर जे गरे, त्यसले उनकै समूह एक ढिक्का रहन सकेन । फलस्वरूप देउवासँग पराजयको बदला लिन तयार देखिएका पौडेल १४औं महाधिवेशनपछि उनकै सहयोगीका रूपमा देखिएका छन् । यो पौडेलको राजनीतिक करियरको दुःखद् वियोगान्त हो ।  

    महाधिवेशन अघिसम्म प्रजातन्त्र प्राप्तिका लागि उनले दिएको योगदान, विगतमा पाएको जिम्मेवारी कुशलापूर्वक निर्वाह गरेको र तुलनात्मक रूपमा स्वच्छ छवि भएका कारण पौडेललाई इतर समूहका नेताहरूले नेता मानेका थिए । १३औं महाधिवेशनमा देउवासँग पराजित भएपछि उनी इतर समूहको नेता हुनु स्वभाविक थियो । र, धेरैले १४औं महाधिवेशनमा पौडेललाई सभापतिको उम्मेदवारका रूपमा हेरेका पनि थिए । पौडेलले १३औं महाधिवेशनमा देउवासँग भोगेको पराजयको बदला १४औं महाधिवेशनमा राखेकै थिए । उनी भन्थे, ‘म १३औं महाधिवेशनको घाइते हुँ । १४औं महाधिवेशनबाट घाउमा मल्हम पट्टी लगाउँछु । म प्रति कार्यकर्ताको सहानुभूति छ ।’

    सभापति पदमा पौडेलको दाबेदारी राजनीतिक चश्माबाट हेर्दा स्वभाविक नै थियो । तर, उनले साढे पाँच वर्ष जसरी समूहको नेतृत्व गरे, समूहको नेता भएर जे गरे, त्यसले उनकै समूह एक ढिक्का रहन सकेन । फलस्वरूप देउवासँग पराजयको बदला लिन तयार देखिएका पौडेल १४औं महाधिवेशनपछि उनकै सहयोगीकारूपमा देखिएका छन् । यो पौडेलको राजनीतिक करियरको दु:खद् वियोगान्त हो ।

    १४औं महाधिवेशका लागि संस्थापनइतर समूहबाट सभापतिको साझा उम्मेदवार छनौट गर्न लामै कसरत भयो । कहिले चाक्सीबारी, कहिले अनुपम फुडल्यान्डमा पटक-पटक बैठक पनि भएकै हुन् । तर, साढे पाँच वर्ष पौडेललाई समूहको नेता मानेर बसेका प्रकाशमान सिंह र डा.शेखर कोइरालाले उनलाई स्वीकार नगर्ने अवस्था आइदियो । पौडेलको जोड थियो- साझा उम्मेदवार चयन । त्यसो हुँदा दुई फाइदा उनले देखेका थिए । पहिलो-देउवालाई हराउन सहज हुनेछ । दोस्रो- अन्य आकांक्षीबीच सहमति हुँदैन र म नै साझा उम्मेदवार हुनेछु ।

    तर, महाधिवेशनको मिति जति नजिकिँदो थियो । इतर समूहको कलह पनि उति नै बढ्दो थियो । विवाद उत्कर्षमा पुग्दै गर्दा चाक्सीबारीमा पौडेलले राजनीतिबाटै सन्यास लिने घुर्की लगाएका थिए । तर,उनको घुर्कीले काम गरेन । कुनै बेलाका विश्वासपात्र प्रकाशमान नै पौडेललाई छोड्न तयार देखिएनन् । प्रकाशमानले छाडे आफू छाड्न तयार रहेको कुरा शेखरले सार्वजनिकरूमै भनिरहेका छन् ।

    सिंहले नछाडेपछि विरक्तिएका पौडेल भावनामा बगे । र, निर्णय गरे- म नेतृत्व चयन प्रक्रियाबाट अलग रहन्छु । यही निर्णयका कारण उनी आजसम्म आलोचित बनिरहेका छन् । तटस्थ बसेर देउवालाई सहयोग गरेको, राजनीतिबाट विश्राम लिने घोषणा गरेर केन्द्रीय समितिमा मनोनित भएर दोस्रो वरियता लिएको लगायतका विषयमा पार्टीभित्र र बाहिरबाट उनको अलोचना भइरहेको छ । र, साढे पाँच वर्ष नेतृत्व गरेको गुट पनि उनीसँग अहिले छैन । बरू आफैं नेतृत्वकर्ता गरेको समूहका नेताहरू नै उनका आलोचक बनेका छन् ।

    महाधिवेशनमा सम्मानजनक मत ल्याएर पराजित भएका डा.शेखर अहिले इतर समूहका नेता बनेका छन् । कोइराला संस्थापनइतर समूहको निर्विकल्प नेताको रूपमा देखिएका छन् । पौडेल चाहिँ मरिच झैं चाउरिएको टिप्पणी संस्थापन इतर समूहका नेताहरूको छ । ‘रामचन्द्र दाइलाई हिजो नेता मानेकै थियौं । तर, आफू उम्मेदवार नहुने भएपछि उहाँले जे गर्नुभयो । त्यसले उहाँको कद त घटकै छ । सँगै शक्तिका हिसाबमा पनि उहाँ मरिच झैं चाउरी पर्नुभएको छ,’ एक नेता भन्छन्, ‘बरू अहिले उहाँ सभापतिजीको सहयोगीको भूमिकामा देखिन थाल्नुभएको छ ।’

    त्यसो त पौडेलको राजनीतिक भविष्य पनि देउवाको हातमा छ । देउवाले उनलाई केन्द्रीय समितिमा मनोनित गरेर दोस्रो वरियता दिइसकेका छन् । आगामी आम चुनाव पछि राष्ट्रपति हुने अभिलाषा पौडेलको छ । पौडेलको त्यो इच्छा देउवाले पुरा गर्लान वा नगर्लान ? त्यो समयले बताउँनेछ । तर, राजनीतिक परिदृश्य र समीकरणको विश्लेषण गर्दा चाहिँ पौडेल राष्ट्रपति हुने सम्भावना ज्यादै न्यून छ । 

    पौडेलले आफैंलाई कमजोर बनाए : राजनीतिक विश्लेषक आचार्य 

    पौडेलले १४औं महाधिवेशनमा भोट नहालेर आफैंलाई कमजोर बनाएको राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको टिप्पणी छ । पौडेलको सो निर्णयले उनलाई संगठनीक राजनीतिबाट बाहिर मिल्काएको उनी बताउँछन् । 

    puranjan-acharya.jpg

    उनले भने, ‘कांग्रेसमा अब पौडेलको संगठनिक प्रभावकारिता छैन, महाधिवेशमा भोट नहाल्नु नै उनको पार्टीभित्रको शक्ति क्षीण हुनुको प्रमुख कारण हो ।’ पौडेल मतदान पक्रियामा सहभागी नभएर अक्षम्य गल्ती गरेको आचार्य बताउँछन् । 

    ‘अब देउवाको म्यासेन्जर बन्छु र कांग्रेस पार्टीलाई हाक्छु भन्ने विचार पौडेलमा आएको छ भने उनले आफ्नो राजनीतिक उचाई आफैंले झार्छन्,’ उनी भन्छन्, ‘कांग्रेसभित्र नैतिक र राजनीतिक जिम्मेवारी पाउँदा त्यसलाई स्वच्छ रूपमा निवाह गर्ने सम्मानित व्यक्तिको रूपमा भने पौडेलको पहिचान कायम रहनेछ ।’ 

    आफू अनुकूलको निर्णय नभए पौडेलले अरूलाई अस्वीकार गर्छन् भन्ने सन्देश कार्यकर्ता माझ गएको आचार्यको बुझाइ छ । उनले भने, ‘आफू सभापतिको उम्मेदवार बन्न नपाउँदा पौडेलले पार्टीको लोकतान्त्रिक प्रक्रियालाई नै अस्वीकार गरेका छन्, जुन उनले गर्न हुन्थेन ।’

    १४औं महाधिवेशनपछि संस्थापन इतर समूह देउवाको विकल्प खोज्नुपर्नेमा एकमत थियो । तर, विकल्प को हुने भन्ने थिएन । जो अघि बढ्छ उसैलाई समर्थन गर्ने संस्थापनइतर समूहको पूर्वसहमति कार्यान्वयनमा पौडेलले खुट्टा कमाएको उनले बताए । 

    १४औं महाधिवेशनमा पौडेलको भूमिका देउवाको विकल्पको खोजी गर्ने नभएर विकल्प आफूमात्र हुँ भन्ने सन्देश प्रवाह गरेको उनले बताए । ‘अब देउवाको म्यासेन्जर बन्छु र कांग्रेस पार्टीलाई हाक्छु भन्ने विचार पौडेलमा आएको छ भने उनले आफ्नो राजनीतिक उचाई आफैंले झार्छन्,’ उनी भन्छन्, ‘कांग्रेसभित्र नैतिक र राजनीतिक जिम्मेवारी पाउँदा त्यसलाई स्वच्छ रूपमा निवाह गर्ने सम्मानित व्यक्तिको रूपमा भने पौडेलको पहिचान कायम रहनेछ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij