Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

एट्लेटिको पराजितकाे फाइदा बार्सिलोना र रियललाई

एट्लेटिको पराजितकाे फाइदा बार्सिलोना र रियललाई

  • चैत्र २३, २०७७ सोमवार ११:०९ बजे
  • 893
    SHARES
  • एट्लेटिको पराजितकाे फाइदा बार्सिलोना र रियललाई

    काठमाडौं । स्पेनिस ला लिगाको अंक तालिकाको शीर्ष स्थानमा रहेको एट्लेटिको म्याड्रिड पराजित भएको छ । एट्लेटिकोलाई आइतबार राति भएको खेलमा सेभियाले १-० गोलले पराजित गरेको हो । 

    सेभियाका लागि खेलको ७० मिनेटमा अकुनाले गोल गरेका थिए । उनलाई गोल गर्न नाभासले पास उपलब्ध गराए । त्यसअघि एट्लेटिकोका गोलकिपर जान ओब्लाकले खेलको आठौं मिनेटमा सेभियाका लुकास ओकाम्पोसको पेनाल्टी प्रहार विफल पारेका थिए ।

    एट्लेटिकोका साउल निग्युजले सेभियाका इभान राकिटिकलाई फल गरेपछि पेनाल्टी दिइएको थियो । जितसँगै सेभियाले शीर्ष तीनमा रहेका एट्लेटिको, रियल म्याड्रिड र बार्सिलोनालाई दबाब दिएको छ । हारपछि एट्लेटिकोले शीर्ष स्थानमा अग्रता बढाउने अवसर गुमाएको छ । 

    शीर्ष स्थानको एट्लेटिकोको २९ खेलबाट ६६ अंक छ। दोस्रो स्थानको रियलको ६३ अंक छ । एक खेल कम खेलेको बार्सिलोना ६२ अंकसहित तेस्रो स्थानमा छ । आगामी खेलमा जित हात पारे बार्सिलोना दोस्रो स्थानमा उक्लनेछ भने एट्लेटिकोसँगको अंक दूरी १  मा झार्नेछ ।  सेभिया भने २९ खेलबाट ५८ अंक जोड्दै चौंथो स्थानमा छ ।
     

  • सम्बन्धित विषय:

  • # स्पेनिस ला लिगा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij