Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

कोरोनाका कारण माधवनारायण मेलामा असर

कोरोनाका कारण माधवनारायण मेलामा असर

  • 611
    SHARES
  • कोरोनाका कारण माधवनारायण मेलामा असर

    भक्तपुर । भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा बालकदेखि वृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै माधवनारायण मेलाको व्रत शुभारम्भ गरेका छन् । नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएको एक महिने माधवनारायण व्रत एवं मेला आजदेखि भक्तपुरमा सुरु भएको हो ।

    हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म एक महिना लाग्ने मेला आज हनुमानघाटस्थित त्रिवेणी धाममा स्नान गरी, सूर्यलाई अर्घ दिएर माधवनारायणको पूजा गरेपछि व्रत सुरु गरिएको माधवनारायण व्रत व्यवस्थापन समितिका सदस्य एवं पूजारी गोपाल शर्माले जानकारी दिए ।

    साँखुको शाली नदीमा भन्दा पहिल्यैदेखि यो मेला र  व्रत सुरु भएको शिलालेखमा पाइएको उनको भनाइ छ । माधवनारायणको ब्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, अरुलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको उनको भनाइ थियो ।

    यसवर्ष भने कोरोना भाइरस कारण हनुमानघाटस्थित त्रिवेणीमा गरिने व्रत ओझेलमा परेको छ । कोरोना भाइरस संक्रमण हुन नदिन यसवर्ष हनुमानघाटमा सर्वसाधारणलाई यहीँ बस्ने गरी माधवनारायणको व्रत बस्न नदिने निर्णय भएपछि मेला औपचारिकतामा मात्रै सीमित गरिएको माधवनारायण धलौं (व्रत) सेवा समिति हनुमानघाटका अध्यक्ष उद्धव खाइतुले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij